भूकम्पपछि पोखरामा गाडी व्यापार सुध्रिँदै

चाडवाड नजिकिएसँगै व्यवसायी उत्साहित


अमृत सुवेदी/पोखरा २९ जेठ
भूकम्पले सबै क्षेत्रलाई शिथिल पारेको भएपनि पोखरामा अटो क्षेत्रले भने त्यति ठूलो मार खेप्नुपरेन । केही समय अटो कारोबार न्यून भएपनि अबभने उकालो लाग्न थालेको छ । गाडीको कारोबारमा ठूलो मन्दी आउन सक्ने आंशका गरिएको भएपनि गण्डकी धौलागिरी क्षेत्रमा त्यति ठूलो असर भने नपारेको व्यवसायीले बताएका छन् । भूकम्पपछि पनि उपभोक्ताको आत्मविश्वास बढिसकेको गाडी क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुले बताए । फेरि बढ्दै गएको व्यावसायिक क्षेत्रको कारोबारले व्यवसायीलाई उत्साहित बनाएको छ । पोखरामा ठूलो क्षति नपु¥यापनि भूकम्पपछि कारोबारमा मन्दी आउनसक्ने चिन्तामा व्यवसायीहरु थिए । Untitled
विभिन्न कम्पनीका गाडीहरुको गण्डकी–धौलागिरीका आधिकारीक विक्रेताहरु भूकम्पपछि पनि भएको कारोबारले चिन्ता हटाइदिएको बताउँछन् । ‘अहिले खास अफसिजन हो । तर, भूकम्पले अफसिजनलाई समेत हटाएको छ,’ बतास इन्भेष्टमेन्टका संचालक शान्तराज बतासले भने, ‘हामीलाई त्यस्तो कुनै ठूलो असर पु¥याएको छैन । बरु कारोबार बढ्न थालेको छ ।’ सुजुकी र महेन्द्रा, कम्पनीका गाडीहरुको माग बढिरहेको उनले बताए । चाडवाड नजिकिएसँगै गाडीको कारोबार बढ्नेमा व्यवसायी ढुक्क छन् ।
‘कमर्सियल भेइकलको बिक्री भूकम्पअघिको अवस्थामा पुग्न अब समय लाग्दैन,’ टाटा गाडीको गण्डकी धौलागिरीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङका ब्राण्ड म्यानेजर, जैन डंगोलले भने ‘मनसुनपछि गाडीको व्यापारमा ठूलो बढोत्तरी हुन्छ । नजिकिँदै गरेको चाडवाडमा पनि गाडीको व्यापार बढोत्तरी हुनेमा व्यवसायी उत्साहित छन् ।’ प्यासेन्जर भेइकलको बिक्रीमा भने केही समय लाग्ने उनले बताए ।
‘जीपहरुको बिक्री राम्रो छ तर साना कारको बिक्रीमा केही समय लाग्छ’ उनले भने, ‘कन्ट्रक्सनको काम सुरु हुन लागेसँगै सामान ढुवानीका लागि प्रयोग हुने ट्याक्टर तथा ट्रकको विक्री बढ्न थालेको छ ।’ भूकम्पका कारण गण्डकी धौलागिरीमा पनि थुप्रै घर भत्किएका छन् । घर पुनर्निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री बोक्न धेरै ट्रक र ट्रिपर आवश्यक पर्छ । उनी भूकम्पपछि छोटो अवधिमै सवारी साधन बिक्रीमा सुधार आउनुमा जनताप्रतिको आत्मविश्वास मान्छन् । 11412219_964657743597423_1265642946219361080_n
‘निर्माणसँग सम्बन्धित व्यवसायीहरु पनि आफ्नो व्यवसायको अवसर हेरेर अघि बढिसकेका छन्,’ डंगोलले भने ‘यो सबैको आत्मविश्वासले सवारी साधनको बिक्रीमा सुधार आएको हो । अरु क्षेत्रमा पनि सुधार आएको होला ।’ सिप्रदी कमर्सियलको हिसावले नेपालमा मात्रै होइन गण्डकी धौलागिरीमा पनि अगाडी छ । आइसरको ट्रक र ट्रिपरको बिक्रीमा उत्साहजनक सुधार आएको छ । गएको बर्ष ७ सयको हाराहारीमा विक्री भएको टाटाका गाडी अहिले पनि त्यही हाराहारीमै विक्री भएको उनको दाबी छ ।

 


चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म गण्डकी धौलागिरीमा नयाँ दर्ता भएका सवारी साधन

1510491_964660090263855_7739280533680034541_n

स्रोतः यातायात व्यवस्था कार्यालय पाेखरा


पश्चिमाञ्चल अटो मोबाइल एशोसिएनका अनुसार कमर्सियल भेइकलको व्यापार भूकम्पपछि केही सुस्ताएपनि फेरि पुरानै लयमा फर्कँदै छ । प्यासेन्जर भेइकलको व्यापार पनि भूकम्पअघिको अवस्थामा करिव ४० प्रतिशत असर पारेको भएपनि त्यसको रिकभर हुन थालेको छ ।
पोखरा पर्यटकीय नगरी भएका कारण यहाँको धेरैजसो व्यवसाय पर्यटनसँग जोडिएका छन् । पर्यटन क्षेत्रले अटो क्षेत्रमा पनि ठूलो सम्वन्ध राखेको छ । पोखरा लगायतका धेरै पर्यटकीय ठाउँ भूकम्पपछि सुनसान बनेका कारण अटो क्षेत्रलाई पनि धक्का मारेको फोर्ड गाडी तथा पार्टसको गण्डकी धौलागिरीको अधिकृत विक्रेता अटो भेन्चरका सेल्स म्यानेजर छवि गौतम बताउँछन् । ‘पर्यटन क्षेत्र सुनसान बनेसँगै फोर्ड गाडीको कारोबार करिव ४० प्रतिशत घट्यो’ गौतमले भने ‘भूकम्पकै कारण लेकसाइडमा बुकिङ भएका केही गाडी फिर्ता नै भए ।’ तर, चाडवाडसँगै गाडीको व्यापारमा पनि बृद्धि हुने उनको विश्वास छ ।
भूकम्पपछि प्राय सुन्य रहेको व्यापार फेरि उठ्न थालेको अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायण प्रसाद गौतम बताउँछन् । टोयटा तथा इचर गाडीका लागि गण्डकी, धौलागिरी र लुम्बिनीको आधिकारीक बिक्रेता रहेको अटोवेजको कारोबारमा गिरावट आएको उनले बताए । पर्यटनसँग जोडिएका कारण पनि कारोबारमा कमी आएको उनले बताए । तर, आउँदै गरेको सिजनले त्यसलाई पूर्णता दिने उनको विश्वास छ । Taplejung_Landslide_03
हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुन्डाईले गाडीको कारोबारमा सुधार हुँदै गएको जनाएको छ । अशोक लेलैण्ड गाडी र एस्र्कटर्स हेभी इक्विपमेन्टको नेपालको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले पनि कमर्सियल भेइकल र हेभी इक्विपमेन्टको कारोबार बढेको जनाएको छ । भूकम्पले धेरै संरचना भत्किएकोले पुनर्निर्माणको लागि ढुवानीका साधन आवश्यक भएकोले अझै कारोबार बढ्ने उनीहरुको विश्वास छ ।
गण्डकी यातायात व्यवस्था कार्यालयका अनुसार पनि बैशाख महिनामा मात्रै एक हजार बढी सबै खालका सवारी साधन दर्ता भएका छन् । त्यसमा झण्डै तीन सय मोटर साइकल र अन्य कारदेखि ठूला सवारी साधन दर्ता भएका छन् । यसले पनि के देखाउँछन् भने भूकम्पपछि पनि गाडीको कारोबार चिन्ताजनक छैन ।

Comments are closed.