भूकम्पमा परी हालसम्म ८ सय ७६ जनाको मृत्यु भएको पुष्टी

गृह मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भूकम्पमा परी देशभर ८ सय ७६ जनाको मृत्यु भएको पुष्टी भएको छ। मृतक, घाइते, संख्या र क्षति बारे केन्द्रीय दैविक प्रकोप उद्दार समितिको बैठक बसेको थियो।

बैठकले मन्त्रीपरिषद्को बैठक राख्न आब्हान गरेको छ। मन्त्री परिषद्को बैठकले संकटकालिन क्षेत्र घोषणा गरी राहतका कार्यक्रम ल्याउने बताइएको छ। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दिएको जानकारीअनुसार घाइतेको संख्या धेरै छ।

यसमध्ये नुवाकोट ७० जना र रसुवामा ६ जना विदेशी पर्यटकसहित ५२ जनाको मृत्यु भएको छ।

उद्धारका लागि भारतको बिशेष सहयोग
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको क्षति र उद्धार कार्यमा सहयोग गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेपछि भारतले उद्धार र सहयोगका लागि ५० जना चिकित्सकसहितको टोली नेपाल पठाएको छ ।
भारतीय सेनाको बिशेष विमानमार्फत् ४ सय टन औषधि सहित चिकित्सकको टोली नेपाल आएको हो ।
एसिया–अफ्रिका सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा रहेका प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरेर सहयोगको आग्रह गरेका थिए ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले भारतीय टोली शनिबार साँझ पौने ६ बजे नै विमानस्थल आईपुगेको जानकारी दिए ।

Comments are closed.