पोखरा, ७ जेठ : वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गतेको भूकम्पको परकम्पले पश्चिमाञ्चल क्षेत्रका विद्यालयमा करीब २ अर्व बढीको क्षति भएको छ । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको तथ्याङक अनुसार भूकम्पबाट पश्चिमाञ्चल क्षेत्रमा १ हजार ६ सय २० वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ ।
विद्यालयका ४ हजार ४ सय ५१ कक्षा कोठामा पूर्ण क्षती भएको तथा ५ हजार २८ कक्षा कोठामा आंशिक क्षति पुगेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बैकुण्ठ अर्यालले बताए । सामान्यतया प्रति कोठा निमार्ण गर्न कम्तिमा पनि ३ देखि ४ लाख खर्च लाग्ने भएको इन्जिनीयरहरु बताउछन् ।
७ हजार ६ सय १६ विद्यालय मध्ये गोरखामा सबैभन्दा बढी ४ सय ४५ विद्यालयमा क्षति पुगेको छ भने ३ हजार ५२ वटा कक्षाकोठा पुर्ण रुपमा क्षति भएको अर्यालले बताए । त्यस्तै लम्जुङ्गमा १ सय ९३, तनहँमा १ सय ७१, कास्कीमा १ सय १, पर्वतमा ५५, मुस्ताङमा २८, मनाङमा ५, म्याग्दीमा ३५, बागलुङ्गमा १ सय ७४, गुल्मीमा १५, अर्घाखाँचीमा ३६, स्याङ्गजामा ९०, पाल्पामा १ सय ५८, नवलपरासीमा ६५ र रुपन्देहीमा ४९ वटा विद्यालयमा क्षेति पुगेको छ । यसैगरी लमजुङ्गमा ४ सय २३, तनहुँमा १ सय ९४, कास्कीमा ६९, पर्वतमा १ सय ७०, मुस्ताङ्गमा ६१, मनाङमा ११, म्याग्दीमा २४, बागलुङ्गमा ७०, गुल्मीमा ७६, अर्घाखाँचीमा ६२, स्याङ्गजामा ९, पाल्पामा ७०, नवलपरासीमा १२ र रुपन्देहीमा १ सय ४८ वटा कक्षा कोठामा पूर्ण क्षति भएको क्षेत्रीय शिक्षा निर्देशक अर्यालले बताए ।
त्यस्तै, आंशिक क्षती तर्फ गोरखामा १ हजार २ सय ७२, लमजुङ्गमा ४ सय ४२, तनहुँमा ७ सय २१, कास्कीमा ५ सय ९५, पर्वतमा ३ सय ४७, मुस्ताङ्गमा १ सय ४१, मनाङमा १०, म्याग्दीमा ३६, बागलुङ्गमा २ सय ४९, गुल्मीमा १ सय ३५, अर्घाखाँचीमा २ सय ३९, स्याङ्गजामा १ सय २, पाल्पामा २ सय २२, नवलपरासीमा ४७ र रुपन्देहीमा ३ सय वटा कक्षा कोठामा क्षेति भएको उनले बताए । ५ सय ११ वटा विद्यालय रहेको कपिलवस्तुमा भने १ सय ६० वटा कक्षा कोठामा मात्र आंशिक क्षति पुगेको अर्यालले बताए । पश्चिमाञ्चल क्षेत्रमा रहेका १७ लाख विद्यार्थी मध्य ५ लाख विद्यार्थीहरु भूकम्पबाट प्रभावित हुन पुगेको उनले बताए । गोर्खामा यही जेठ १७ गतेबाट कक्षा संचालन गर्ने अबस्था नहुने उनले बताए । पश्चिमाञ्चल क्षेत्रमा ४ सय जना बढीको मुत्यु भएकोे छ । दिननाथ बराल ।
Comments are closed.