बागलुङ-आज दिउसो गएको भूकम्पका कारण पोखरा बागलुङ राजमार्ग अबरुद्ध भएको छ । दिउसो करिब १२ बजेर ५५ मिनेटमा गएको
भुकम्प र त्यसपछिको पराकम्पनका कारण पर्वतको डिमुवामा पहिरो गएपछि पोखरा बागलुङ सडक अबरुद्ध भएको हो । यस्तै भुकम्पका कारण पर्वतको नयाँपुलमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अहिले पहिरो हटाउनका लागि डोजर परिचालन गर्ने तयारी भईरहेको बताइएको छ ।
भुकम्पका अहिले सम्म दुई जान घाईते भएको जानकारी प्रप्त भएको छ । भुकम्पपछिको भागदौडका कारण पर्वत पाङका रामजी क्षेत्रि र बागलुङ नगरपालिकामा छतबाट हाम फाल्दा हरि केसि घाईते हुनुभएको छ । भुकम्पका कारण विभिन्न स्थानमा भौतिक क्षति समेत भएको जानकारी प्रप्त भएको छ । प्ररम्भीक जानकारी अनुसार बागलुङको बरेङ स्थीत ईलाका प्रहरी कार्यालयको भवन भत्कीएको छ ।
बानपा स्थित गणेश प्रावि पाखाथरको विद्यालय भवन भत्कीएको छ । अघिल्लो भुकम्पका चर्किएका विद्यालयका ४ वटा कक्षाकोठा भत्कीएको विद्यालयले जनाएको छ । यसका साथै बागलुङ बजारमा एक, कुडुलेमा एक, विहुँमा एक घर भत्कीएको स्थानियले हामिलाई जानकारी दिएका छन् । भुकम्पका कारण जानजिवन प्रभावित बनेको छ । मानिसहरु सुरक्षति स्थानको खोजिमा खुला चौरमा जम्मा भएर बसेका छन् ।
अर्जुन लामिछाने
Comments are closed.