बुद्धि मल्ल-प्रमुख कार्यकारी अधिकृत, ओम फाईनान्स लिमिटेड
बैशाख १२ गएको विनासकारी भूकम्प र त्यस पछाडी गएका भूकम्पले देशमा ठूलो जनधनको क्षति पुर्याएको छ । महाभूकम्पले समग्र मुलुकमा असर परिरहेका बेला बैकिङ् क्षेत्रपनि अछुतो रहेन । भूकम्पले नेपाली अर्थतन्त्रमा ठूलो क्षति पुर्याएपछि बैंकिङ क्षेत्रमा पनि यसले नोक्सान पुर्याएको छ । बुद्धि मल्ल ओम फाईनान्स लिमिटेड पोखराका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी लामो सयदेखि बैंकिङ क्षेत्रमा क्रियाशिल छन् । भूकम्पपछिको, बैंकिङ् क्षेत्रको अवस्थाका बारेमा मल्लसँग हटलाइनले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
प्रस्तुति अमृत सुवेदी
भूकम्पले बैकिङ्ग क्षेत्रमा कस्तो असर पारेको छ ?
बर्तमान अवस्थामा महाभूकम्पले कुनैपनि क्षेत्र अछुतो रहेन । सबै क्षेत्रलाई कुनै न कुनै रुपले प्रभावित पारेको देखिन्छ । अहिले नै बैकिङ्ग क्षेत्रमा यसले कस्तो असर पारेको छ भनेर भन्न चाँही नसकिएला तर यसले असर पार्छ नै । यो क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष अन्य बिभिन्न ब्यवसायसँग निर्भरता रहने भएकोले अन्य क्षेत्रको असरले पनि यस क्षेत्रमा असर पुर्याउँदछ । बित्तिय संस्थाहरुको धितो सुरक्षणमा लगानी गरिएका कतिपय घरजग्गाहरु, एपार्टमेण्टहरु समेत कति क्षति भएको छ भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले तथ्याङ्क संकलन गरि राखेकोले यो तथ्याङ्क आईसके पछि यसको क्षतिवारे आंकलन गर्न सकिएला जस्तो लाग्दछ ।
यस्ता प्राकृतिक प्रकोपबाट बच्नका लागि बैकिङ्ग क्षेत्रले अपनाउनुपर्ने सावधानी के के हुन् ?
भूकम् पछि नेपालमा सुरक्षाका बिभिन्न बिषयहरुमा बहस शुरु भै सकेको छ । त्यसमा पनि बैकिङ्ग क्षेत्र जुन सिधै सर्वसाधरणको निक्षेप परिचालन गर्ने संस्था भएकाले यसतर्फ संधै चनाखो हुनुपर्छ । यस किसिमका प्राकृतिक प्रकोप मानिसको काबु भन्दा बाहिरको कुरा हो तापनि कर्जा लगानीमा बढि भन्दा बढि सुरक्षित भएर प्रभावकारी रुपमा लगानी र समयमै असुली गर्नु एक महत्वपूर्ण पक्ष हो । भोलिका दिनहरुमा यस किसिमका दैवि प्रकोपबाट बच्नका लागि बित्तिय संस्थाले कर्जा लगानी गर्दा सुरक्षणमा रहेको धितो, भौगोलिक र प्राबिधिक किसिमले स्तरयुक्त छ छैन भन्ने बिषयमा अझ बढि सजक र होसियारी भएर लगानी गर्नुपर्ने देखिन्छ । सुरक्षणमा रहेको जग्गाको भू–धरातल, घर तथा भवनहरु प्राबिधिक किसिमले कतिको पक्की र गुणस्तरयुक्त छन् भन्ने बिषयमा थप सजग र होसियार भएर लगानी गर्नु जरुरी छ । यो भूकम्पले बैंकिङ क्षेत्रलाई पनि होसियार बनाएको छ ।
वैंकिङ क्षेत्रमा दिर्घकालसम्मका लागि पार्ने असर के के हुन सक्छन् ?
यस किसिमको विनाशकारी भूकम्पले समग्र नेपालको अर्थतन्त्रमा दिर्घकालिन अवस्थासम्म असर पुग्ने देखिन्छ । सामान्यतया एउटा उद्योग वा व्यवसाय धरासाही हुँदा त्यसको असर दशौं अन्य साना उद्योग, व्यपारी तथा राष्ट्रिय अर्थतन्त्रमै असर पर्दछ भने बर्तमान अवस्थामा यस किसिमको विनाशकारी भूकम्पका कारणले लाखौ मानिसहरु घरवार विहिन भएका छन् । लाखौंको संख्यामा निजि तथा सरकारी भौतिक संरचनाहरु ध्वस्त भएका छन् । लाखौं मानिसहरुको बर्तमान अवस्थामा चलिआएको पेशा व्यवसाय र दिनचार्या अस्थब्यस्थ हुन पुगेको छ । यस्तो अवस्थामा विनाश भएका भौतिक संरचनाहरु पुननिर्माण गर्न राष्ट्रललाई अब खरबौं रुपया खर्च गनुपर्ने आर्थिक भार पर्दछ भने सर्वसाधरण जनताहरुले हाल गर्दै आईरहको आ–आफ्ना पेशा ब्यवसायहरु तत्कालै अवस्थामा सूचारुरुपमा सञ्चालन गर्न सक्ने अवस्था पनि देखिदैन । जसको कारणले दिर्घकालिन रुपमा राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।
ओम फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत के के काम गरेको छ ? भूकम्पपीडितका निम्ति के गर्नुभयो ?
ओम फाईनान्सले सामाजिक उत्तर दायित्वका कार्यहरुलाई पनि उत्तिकै महत्व दिदै आईरहको छ । हामीले प्रत्येक बर्ष, ब्लड डोनेसन, बृक्षारोपण, गरिव तथा जिहेन्दार विद्यार्थिहरुको लागि छात्रबृति कार्यक्रम सञ्चालन गर्दै आएका छौ भने गत बर्ष विन्दवासीनी मन्दिरमा एम्बुलेन्स सेवाको लागि रु १५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएका छौ । बर्तमान अवस्थामा हामीले भूकम्प पीडितहरुलाई समेत कम्पनीको तर्फवाट २ सय २५ थान त्रिपाल उपलब्ध गराएका छौं ।
बैंक तथा वित्तिय संस्थाहरुले पनि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि केही हुन सक्थ्यो होला नी ?
अहिलेको बिषम परिस्थीतीमा कुनैपनि नेपालीको यस कार्यमा सहभागिता जनाउनु दायित्व हुन्छ । हामीले पनि यस बिषयमा के गर्न सक्छौं भनि छलफल गरिराखेका छौ ।
वैंंक तथा वित्तिय संस्थाहरु नाफामूखी हुन, नाफा कमाउनका लागि मात्रै उन्मुख छन् भन्ने आरोप छ । के भन्नुहुन्छ ?
बैक तथा बित्तिय संस्थाहरले सेवाको साथै मुनाफा पनि दिन सक्नुपर्दछ । मुनाफा दिन नसके त सर्वसाधरणहरुको विश्वास आर्जन गर्नपनि सकिदैन । यसैले उचित मुनाफा एवं सेवा दिनु बैंक तथा बित्तिय संस्थाहरु सफल हुनु पर्दछ । पंूजि परिचालन भएपछि त्यसको प्रतिफल लिनु त व्यावसायिक धर्म हो ।
संस्थालाई संधै जिवन्त राख्नको लागि पनि पूँजी लगानीमा प्रतिफल लिनुलाई नाफामूखी भन्न मिल्दैन । ओम फाइनान्सको अहिलेको अवस्था के छ ?
ओम फाईनान्स लि.ले चा.लु आ.ब को चैत्र मसान्त सम्ममा १२ करोड ५९ लाख सञ्चालन मुनाफा अर्जन गरेको छ । चैत्र मसान्त सम्म फाईनान्सले ४ अर्ब ३७ करोड निक्षेप संकलन गरी ३ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । कम्पनीको कर्जा निक्षेप अनुपात ७६% पुँजि प्रर्याप्तता १३.५ प्रतिशत र निष्कृया कर्जा ०.८ प्रतिशत रहेको छ ।
सर्वसाधरणको पहुँचलाई बढाउन कस्ता खालका कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
बित्तिय क्षेत्रमा सर्वसाधरण जनताहरुको पंहुचमा बृद्धि गर्नको लागि हामीले तत्कालिन अवस्थामा कृषि कर्जा, शैक्षिक कर्जा तथा बिपन्न कर्जाहरुको सेवा दिदै आईरहेका छौ । भोलीका दिनहरुमा सर्वसाधरण जनताहरुलाई प्रत्यक्ष रुपमा लाभ हुन सक्ने र बित्तिय पंहुच बढ्न सक्ने किसिमका अन्य प्रभावकारी कार्यक्रहरुसमेत सञ्चालन गर्ने सोचमा छौं ।
मर्जरको प्रक्रिया के हुँदैछ ?
हामीले मर्जर प्रक्रिया खुला नै राखिरहेका छौं र उचित मर्जर पार्टनरको खोजीमा छौं ।
अन्त्यमा
अन्तमा बर्तमान अवस्थामा राष्ट्र अत्यन्तै शोकमा छ । हामीलाई अहिले ठूलो राष्ट्रिय बिपत्ति आएको छ । जसको प्रत्यक्ष तथा अप्रतक्ष्य रुपमा बैकिङ्ग संस्थालाई समेत यसले असर पुर्याएको देखिन्छ । म बित्तिय क्षेत्रमा कार्यरत जिम्मेवार ब्यक्तिको हैसिएतले भन्नु पर्दा यस्तो अवस्थामा बित्तय सस्थाले होसियारीताका साथ सुरक्षित किसिमले आफ्नो बित्तिय सेवाहरु सञ्चालन गनुपर्ने देखिन्छ । यो बिपतको घडीमा हामी सबै नेपालीहरु एक भएर उच्च मनोवलका साथे बिपदलाई ब्यवस्थापन गर्नका लागि आ–आफ्नो ठाउँवाट सक्दो सहयोग गनुपर्ने सुझाव समेत दिन चाहाँन्छु ।
Comments are closed.