भालु पहाडमा पहिरोले यसरी पुरियो कार, घाइते दुइ जनाको पाल्पामा उपचार (फोटोसहित)

सयौं गाडी विच बाटोमै रोकिए


त्रिभुवन पौडेल पोखरा,

बैशाख २९ गते

आज गएको भुकम्पले स्याङ्जाको भालुपहाड खस्दा कार पुरिएको छ ।

11122396_757859700998258_234121263_n
पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख, प्रहरी नायब महानिरिक्षक पंकज श्रेष्ठका अनुसार बा ६ च ५०२६ नम्बरको कारमा सवार श्याम काफ्ले र अनु गिरी गम्भिर घाइते भएका छन् । बेहोस अवस्थामा रहेको रहेका उनिहरुलाइ उपचारका लागि पाल्पा लगिएको छ । यसअघि प्रहरीले ट्याक्सी भएको आशंका गरेपनि, पुरिएको ठाउँ उत्खनन गर्दा कार भएको पुष्टि भएको हो ।11245458_757892480994980_594103405_n
पहाड खस्दा बाटो अबरुद्ध भएका कारण  पोखरा ल्याउन नसकिएका कारण पाल्पा लगिएको हो ।
उनिहरु गम्भिर घाइते भएका छन् । पहाडनै खस्दा बाटो अबरुद्ध भएको छ ।
बाटो अबरुद्ध हुँदा सयौ गाडीहरु रोकिएका छन् ।11088860_757892500994978_1643109083_n

Comments are closed.