भूकम्प पछि पनि पाेखराकाे पर्यटन क्षेत्र सुरक्षित छ

पोखरा ६, जेठ
नेपालमा गएको भूकम्पले निकै ठूलो मानविय र भौतिक क्षति पुर्‍यायो । भूकम्पपछि नेपालको पर्यटन क्षेत्रका बारे विभिन्न ढंगले बहसहरु भएका छन् । कतिपय पर्यटन व्यवसयीहरु त अव नेपालको पर्यटन क्षेत्रको भविष्य छैन भन्दै पलायनै हुने सम्भावना देखिएको छ । आत्तिएर र मैदानवाट भागेर समस्याको समाधान हुँदैन सकरात्मक सन्देश दिनुपर्छ भन्ने मान्यतामा पोखराका पर्यटन व्यवसायी लागेका छन् ।

भूकम्पका कारण विश्वभर नेपालको पर्यटन सुरक्षित छैन भन्ने नकरात्मक प्रचार–प्रसार भैरहेकोप्रति चिन्ता व्यवक्त गर्दै पोखराका पर्यटन व्यवसायीले पर्यटन पुनर्जागरण अभियानमा जुटेका छन् । पश्चिम क्षेत्रको पर्यटन सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन पुर्नजागरणका लागि पोखराका पर्यटन व्यवसायी एक भएर लाग्ने भएका हुन् ।

पर्यटन प्रवद्र्धनको लागि प्याकेज तथा विभिन्न कार्यक्रमका योजनासहित नेपाल पर्यटन वोर्डका पूर्व सदस्य गणेश बहादुर भट्टराइको संयोजकत्वमा पोखरा पर्यटन पुनर्जागरण समिति गठन भएको छ । समितिले यस क्षेत्रमा फेरी पर्यटक तान्नका लागि विभिन्न योजनाहरु अघि सारेको हो । पोखरा, चितवन, लुम्बिनी, तानसेन त्रिकोणात्मक ढंगले पर्यटन केन्द्रीत कार्यक्रम गर्ने व्यवसायीकाे योजना छ ।

‘नकारात्मक सन्देशहरु गएका कारण कतिपय पर्यटकहरु सुरक्षित हुँदाहुँदै पनि उनीहरुलाई विश्वास गर्न गाह्रो भयो । तर, पर्यटन क्षेत्रमा भूकम्पको ठूलो असर छैन । सुरक्षित छ’ नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा समितिका संयोजक गणेश बहादुर भट्टराईले भने, ‘मानिसहरु सुरक्षित नै छन भनेर विश्वभरका सञ्चार माध्यममा सन्देश प्रवाह गर्न जरुरी छ । विशेष गरी भूकम्प पछि नेपालमा महामारी फैलन्छ भनेर पर्यटकहरु डराएका छन ।’ भूकम्प पछिपनि नेपालमा महामारी फैलिएको छैन, पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न जरुरी रहेको उनको भनाई थियो ।

भूकम्पका कारण काठमाडौं, लाङटाङ, मनासलु र सगरमाथा क्षेत्रमा क्षति पुगेपनि पोखरा, चितवनका राजमार्गहरु सुरक्षित छन् । काठमाडौंका पनि केहि पुरातात्विक सम्पदाहरु ध्वस्त भएका हुन । त्यसैले भूकम्पले नेपालै ध्वस्त भयो भनेर पर्यटन व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नगरेको पोखराका पर्यटन व्यवसायीहरुको भनाई छ । ‘हामीले देशका धेरै ठाँउमा पहिलो चरणमा उद्धार र राहतमा जुट्यौ अब हामी राहतसंगै पहिले कै सामान्य जीवन शैलिमा फर्किन चाहान्छौैं’ समिति संयोजक भट्टराइले भने ।

भूकम्पले गर्दा नेपालको ठूलो अर्थतन्त्र धानेको पर्यटन क्षेत्रलाई परेको असरलाई कम गर्दै नकरात्मक प्रभावलाई हटाउन सबै लाग्नुपर्ने संयोजक भट्टराईको भनाई छ । ‘पोखराको पर्यटन उद्योगमा करिव एक खर्व लगानी भएको छ, हजारौंले रोजगार पाएका छन् । सयौंले रोजगार दिएका छन् । यो अबस्थामा उनीहरुलाई पहिलाकै अवस्थामा पु¥यााउन लाग्नुपर्ने बेला भएको छ’ भट्टराइले भने ।

पोखराको पर्यटन प्रवद्र्धन गर्न अन्तराष्ट्रिय संचार माध्यमका संचारकर्मी पोखरा लगायतका ठाँउमा भ्रमण गराउने, पश्चिम क्षेत्रको पर्यटनका गन्तव्य सुरक्षित छ भनी विश्वास दिलाउने, विभिन्न प्रवर्धनात्मक अभियान संचालन गर्ने, पर्यटन सम्पदा तथा व्यवसायीको लगानीको संरक्षणका लागि आवश्यक रणनीति तयगरी सम्बन्धित निकायमा पहल गर्ने, पर्यटकको आगमन बढाउन आकर्षणका तथा छुटका प्याकेज ल्याउने तयारी पोखराका पर्यटन व्यवसायीले गरेका छन् ।

त्यसैगरी भूकम्पपश्चात पर्नसक्ने स्वास्थ्य समस्या समाधानका लागि जनचेतना मूलक कार्यक्रम, जोखिम न्यूनिकरण र तयारीका बारेमा पनि सचेतना अपनाउने व्यवसायीको भनाई छ । पोखरामा क्षेत्रीय अन्तराष्र्टि«य विमानस्थल अविलम्ब निमार्ण गर्न दवाव दिने, विभिन्न प्रवद्धनात्मक कार्यक्रमको आयोजना गर्ने यस अन्र्तगत ध्यान शिविर, खेलकुदका गतिविधि, राहत र उद्धारको सहयोगका लागि सांस्कृतिक कार्यक्रम, हाईकिङ, साईकिलिङ लगायतका कार्यक्रम समितिले गर्ने भएको छ । समितिले प्रतिसंस्था ५१ हजार रुपैया संकलन गर्न सुरु गरेको छ ।

भूकम्पपछि पनि पर्यटकहरु नेपालका विभिन्न स्थानमा पुगेका छन् । पर्यटक आउने वातावरण बनाउन लाग्ने केही समय पर्खँदै यो क्षेत्रबाट भाग्नुपर्ने अवस्था नरहेकोमा व्यवसायीको जोड छ । पर्यटन व्यवसायीहरु बरु विभिन्न जिल्लामा पुर्ननिर्माण गर्ने जिम्मेवारी लिन तयार रहेको सइोजक भट्टराइले बताए ।

पश्चिमाञ्चल होटल संघ, रेवान, हवाई खेलकुद संस्था, क्षेत्रीय नाट्टा संघ पोखरा, टेसा पोखराले जनही ५१ हजार रुपैया पर्यटन प्रवद्र्धन गर्न सहयोग गरेको समितिका कोषाध्यक्ष रामचन्द्र शर्माले बताए । भट्टराईको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन भएको छ । प्रमोसन सेल्स एण्ड मार्केटीङमा बासुदेव त्रिपाठी, पब्लिक रिलेसन संयोजकमा विश्वशंकर पालिखे, फाईन्यान्सेल रिकभरीमा विप्लप पौडेल, हेल्थ, रेस्क्यु, रिलिफ एण्ड रिकन्सट्रक्सनमा सोम बहादुर थापा, इभेन्ट संयोजकमा गोपि बहादुर भट्टराई, मिडिया संयोजकमा टीकाराम सापकोटा, एड्मिनिसट्रेसनमा अग्नी प्रसाद कडेल, फाईनान्स संयोजकमा रामचन्द्र शर्मा रहेको समितिका सदस्य सचिव श्रद्धा श्रेष्ठले बताईन ।

पर्यटकको लागि आवश्यक गतिविधि पदयात्रा, जंगलसफारी, जलयात्रा, प्याराग्लाईडीङ, अल्ट्रालाईट, बोटिङ, साईडसिन, हाईकिङ, जिपलाईनर, बन्जिजम्प लगायतका गतिविधिहरु नियमित रुपमा संचालन भैरहेका छन् । समितिका सहसंयोजक विश्वशंकर पालिखेले चीनका विभिन्न भगिनि सम्बन्ध रहेको शहरमा राहत संकलन र सकरात्मक सन्देश दिनका लागि टोली त्यस तर्फ जाने पनि बताए । नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले पोखराका पर्यटन व्यवसायीले सकरात्मक कामसँगै बाहिर नकरात्मक सन्देश जाने खालका कार्य नगर्न तर्फ पनि सचेत रहन सुझाव दिए ।

Comments are closed.