पोखरा ३१ जेठ
लेखनाथ नगरपालिका वडा नंम्बर ११ स्थित पचभैयामा रहेका विभिन्न संघसंस्थाहरुले बैशाख १२ र २९ गते आएको भुकम्पबाट पिडीतहरुको सहयोगार्थ नगद सहयोग गरेका छन् । पचभैया प्रगतिशील युवा मञ्चको पहलमा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलित ६५ हजार रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरीएको हो ।
संकलित रकम मध्ये पचभैया सामुदायीक बन उपभोक्ता समूहले १५ हजार ,कुर्लुङखोला खानेपानी आयोजनाले पाँच हजार रुपैयासहित त्यहाँ क्रियाशील संघसंस्था एवं टोलविकास संस्थाहरुले रकम प्रदान गरेका हुन् । आईतबार मञ्चका अध्यक्ष शरण थापा लगायत विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुका प्रतिनिधिहरु पोखरा आई स्टाण्डर्ड चार्टड बैङ्कको प्रधानमन्त्री राहत कोष खातामा रकम जम्मा गरेका हुन् । भुकम्पबाट पचभैयामा क्षती पुगेको भएता पनि पनि रुमा दुखी बनाएकाले अन्य जिल्लामा भएको क्षतीले आफुहरुलाई दुखी बनाएकाले सानो सहयोगमार्फत उनीहरुको दुखमा साथ दिने प्रयास गरेको मञ्चका सचिव धनबहादुर गुरुङ्गले जानकारी दिए । कोषमा जम्मा गरेको रकम वास्तविक पिडीत सम्म पुग्ने विश्वास पनि गुरुङ्गको छ ।
Comments are closed.