पोखरा १९ बैशाख / शनिबार गएको भूकम्पले देशभर ठूलो जनधनको क्षति पु¥याएको छ । भूकम्पले यतिबेला देश शोकमा डुबेको छ । भूकम्पले काठमाडौं, सिन्दुपाल्चोक, धादिङ, गोरखा लगायतका ठाउँमा ६ हजार २ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने हजारौं घाइते छन् । लाखौं परिवार घरबारबिहीन भएका छन् । देशमा परेको दुःखसँगै सहयोगी र मलहम लगाउनेहरुको पनि ठूलै लर्को छ । दुःखमा दुःख साट्दै देशैभरी जस्तै पोखरा आसपासका विभिन्न राजनीतिक दल भातृसंगठन, विभिन्न सरकारी तथा गैरसकारी संस्थाले कतै राहत संकलन गर्दै छन् त कतै वितरण गरिरहेका छन् । यसैक्रममा शुक्रबार पनि विभिन्न ठाउँमा राहत वितरण भएको छ ।
विश्व विकास बैंक लिमिटेडको तर्फबाट क्षेत्रिय प्रशासन कार्यालय, पोखराका क्षेत्रीय प्रशासक दिनेश थपलियालाई भूकम्प पीडितहरुलाई राहत प्रलान गर्दै बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य । बैंकले २ सय थान त्रिपाल तथा नगद रु.५ लाख १ हजार रकम उपलब्ध गराएको छ ।
युवा संघ धौलागिरीले राहात बाड्यो
युवा संघ धौलागारी अञ्चल कमिटीले धादिंङको निलकण्ठ नगरपालिका वडा नं २ को भुलभुलेमा राहत वितरण गरेको छ । संघले दुइ लाख रुपैयाँ बरावरको खाद्यान्न,कपडा, त्रिपाल, कम्बल लगायतका राहात सामग्री वितरण गरेको हो ।
४९ घर रहेको सो ठाउँमा अझसम्म कुनै पनि सरकारी संघसंस्था उद्धार तथा राहतका निम्ति नपुगेको स्थानीयले गुनासो गरे । संघका विदेश विभाग प्रमुख सन्तोष रावल, धौलागिरी अध्यक्ष नारायण जी.सी लगायतले राहत सामग्री वितरण गर्दै नगरपालिका जस्तो ठाउँमा पनि भुकम्प आएको ७ दिन बिती सक्दा पनि सरकारी संयन्त्र राहतमा अग्रसर नहुनु दुःखद भएको बताए ।
२५ जना युवाबाट रकम संकलन गरि २ लाख ३५ हजार रुपैयाँको खाद्य सामाग्री सहित त्यहाँ पुगेको थियो । दिउसै राहत बाड्ने गरि टोली त्यहाँ गएपनि राती ९ बजे उक्त स्थानमा पुग्दा सवैको मुहारमा खुशी छाएको थियो ।
पहारीले भूकम्प पीडित ६० विद्यार्थीलाई निशुल्क पढाइदिने
युवा संघका महासचिव राजीव पहारीले धादिङ निलकण्ठ नरपालिका वडा नम्वर २ भुलभुलेका भूकम्प प्रभावित ६० जना विद्यार्थीलाई पाँच बर्षसम्म निशुल्क पढाइदिने भएका छन् । उनले त्यस क्षेत्रका प्रभावित बालबालिको पढाइ बिग्रन नदिनका लागि पढाई खर्च आफुले ब्यहोर्ने बताएका हुन् ।
उनले आफुले पनि विगतमा दुःख भोगेको बताउँदै आजका बालालिका भोलीका कर्णधार भएको र बालबालिकालाई देख्दा मन छोएको भन्दै पाँच वर्षसम्म सम्पूर्ण खर्च ब्यहोर्ने बताए । ‘विद्यार्र्थीहरुको सम्पूर्ण खर्चको व्यवस्थापन गरेर एक महिनाभित्रै यहाँ आउँछु’ उनले भने, ‘बालबालिकालाई सहयोग गर्न मन लाग्छ । आजबाट ६२ जना मेरा छोराछोरी भए ।’
एमाले कास्कीको सहयोग
नेकपा एमाले जिल्ला कमिटी कास्कीले भूकम्प प्रभावितलाई वितरण गर्न एमाले जिल्ला कमिटी गोरखालाई राहत सामाग्री प्रदान गरेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले एमाले गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेललाई ६५ थान त्रिपाल, ६५ थान बल्याङकेटसहित ७५ हजार बराबरको राहत सामाग्री प्रदान गरेको हुन् ।
एमाले केन्द्रीय कमिटिका बैकल्पीक सदस्य मानबहादुर जिसीको अगुवाइमा भूकम्पको केन्द्र विन्दु भएको गोरखामै पुगी ति सामाग्री प्रदान गरिएको प्रचार विभाग प्रमुख तेज नारायण अधिकारीले जानकारी दिए ।
अस्पतालका विरामीलाई राहत
तमु प्ये ल्हु संघ केन्द्रीय आमा समिति र केन्द्रीय युवा समितिको संयुक्त पहलमा विहीवार पोखराका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज अस्पतालमा उपचाररत घाइतेहरुलाई सहयोग गरेका छन् ।
आमा समिति र युवा समितिका पदाधिकारी पुगी २५ हजार रुपैया बरावरको खाद्या सामग्री वितरण गरेको केन्द्रीय युवा समितिका महासचिव शुक्रराज तमुले जानकारी दिए । यसैबीच तमु प्ये ल्हु संघ केन्द्रीय समितिले भूकम्प पीडितलाई तत्काल राहत प्रदान गर्न राहत संकलन अभियानलाई तिव्रता दिएको छ ।
कालिकामा द आर्ट अफ लिभिङद्वारा सहयाेग
द आर्ट अफ लिभिङ पोखराले भूकम्पका कारण पीडित बनेका स्थानीयलाई राहत सामाग्री वितरण गरेको छ । शुक्रवार कालिकाको सुनपधेली, ठूलास्वाँरा, थाम र काउरे गाउँमा भूकम्प पिडीतलाई विभिन्न खाद्य सामाग्री वितरण गरेको हो । मजदुरी गरेर जिविकोपार्जन गर्ने विभिन्न १७ परिवारलाई भूकम्पका कारण पिडामा परेपछि राहत समाग्री प्रदान गरीएको आर्ट अफ लिभिङका पोखरा को–अर्डिनेटर नरेश भट्टराईले जानकारी दिए ।
पीडीतका लागि करीब एकहप्तालाई पुग्ने गरी प्रति परिवार दश किलो चामल, नुन, दाल, मस्यौरा, चिनी, बिस्कुट, चाउचाउ, कम्बल, म्याट्रेस लगायतका सामाग्री वितरण गरिएको उनले जानकारी दिए । राहत वितरणका लागि सिटी डेभलोप्मेण्ट बैङ्क पोखराका प्रमुख कार्यकारी अधिकृततथा आर्ट अफ लिभिङका सदस्य, विश्वमोहन अधिकारी, सदस्य उदिप श्रेष्ठ, युवा समाजसेवी भानु ढकाल लगायत कालिका पुगेका थिए ।
लेउबा संघले पनि दियो राहत
लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा लेखनाथका क्रसर व्यवसायी र बुढिबजार शिवालय टोल विकास संस्थाको एक टोलि शुक्रवार गोरखाको आपँपिपलमा राहत वितरण गरेको छ । टोलिले घटना स्थलमा पुगि भूकम्प पीडित परिवारलाई सान्त्वना तथा राहत हस्तान्तरण गरेको हो ।
टोलिले भूकम्प पीडित परिवारलाई एक लाख ५० हजार बरावरको अत्यावश्यक सामाग्रीहरु त्रिपाल, खाद्य सामाग्री, म्याट्रि«क्स लगायतका राहत सामान हस्तान्तरण गरेको हो ।
गोरखा बुङ्कोटमा राहतसहित स्वास्थ्यर्की सेवा
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् । गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवासमेत प्रदान गरेका छन् ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता थियो ।
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ ।
ओपन हाउसको सहयोग
ओपन हाउस कम्प्लेक्स चिप्लेढुङगाले धादिङका भूकम्प पीडितलाई राहत हस्तान्तरण गरेका छन् । कुनपुर गाविस धादिङ्गका विनोद घलेलाई राहत रकम हस्तान्तरण गरेका हुन् । ओपन हाउस कम्प्लेक्समा व्यापार÷ व्यवसायी गर्दै आएका व्यवसायीहरुले शुक्रबार महाभूकम्पबाट घर ध्वस्त भएका घलेलाई २९ हजार ७ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । कम्प्लेक्सबाट संकलित राहत रकम राजु गुरुङ र अकिंत गुरुङ, अशोक गुरुङ र विजय लम्सालले शुक्रबार संयुक्त रुपमा प्रदान गरेका थिए ।
अखिल नेपाल ट्रेड युनियन पनि धादिङ तर्फ
एकीकृत नेकपा माओवादी निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की राहत वितरण गर्न धादिङ प्रस्थान गरेको छ । ३ लाख बराबरको राहत लिएर धादिङ प्रस्थान गरेको ८ जनाको समुहलाई एकीकृत नेकपा माओबादी कास्कीका कार्यलय सचिव लालमोहन तिवारीले बिदाई गरे ।
मजदुर नेता रुद्ध गौतमले आफुहरुले मे १ मजदुर दिवसको अबसरमा भुकमप पीडितलाई राहत सहयोग गर्ने उद्देश्यले ८४ बोरा चामल, १७ कार्टुन बिस्कुट, ५० कार्टुन चाउचाउ, ५ बोरा भुजा, ५ बोरा नुन, जुत्ता चप्पल, नुन बेसार ,भाडा कुडा सहित २ जना स्वास्थकर्मी र मेडीकल लिइएर धादिङ हिडेको बताए ।
पृृथ्वी होटलले पनि बाँड्यो राहत
पृृथ्वी होटल व्यवसायी समिति पोखराले गोरखामा पुगेर रातह वितरण गरेको छ । शनिवार आएको विनाशकारी भूकम्पबाट पीडित गोरखा – १४ नारेश्वरका स्थानीयलाई रातह सामाग्री वितरण गरिएको समितिका सचिव कमल न्यौपानेले जानकारी दिए ।
समितिले ६५ हजार बराबरको त्रिपाल, म्याटे«स र खाद्य सामग्री लिएर वितरण गरेको बताइएको छ । नारेश्वर लप्सेका दिनेश भट्ट क्षेत्रीले सबै घर ध्वस्त नभएतापनि धेरैजसोको घर चर्किएकोले त्रासले गर्दा घरभित्र बस्न सक्ने अबस्था नरहेको बताए । स्थानीयले राहत सामाग्री पाए पछि खुशी भएका थिए । उनिहरुले अहिले सम्म आफुहरुले कुनै राहत पाउन नसकेको बताएका थिए ।
गैर सरकारी संख्याहरुको सहयोग
कास्की जिल्लाका विभिन्न गैर सरकारी संस्थाहरुले भूकम्प पीडितहरुका लागि सहयोग गरेका छन् । कोपिला नेपालले गोर्खामा ५०० थान त्रिपाल, ३०० थान लुगिं, ३०० थान पछौरा, लमजुङ्गमा ३३० थान त्रिपाल, २०० थान लुगिं, २०० थान पछौरा, कास्कीको माझठाना गाविसमा १५ थान त्रिपाल र रेडक्रस कास्कीलाई ५० थान त्रिपाल सहयोग गरेको छ । यसैगरी गोर्खामा ५ जना स्वयंसेवक र प्रभावितहरुको लागि मनोपरामर्श सेवा संचालन गरेको छ त्यस्तै लिबर्डले तनहुँको पुर्कोट गा.वि.स.मा १५२ थान त्रिपाल र गोर्खाको भुम्लीचोक गाविसमा ५० थान त्रिपाल, ५० थान कम्बल प्रदान गरिएको हो ।
नमस्ते सामुदायिक प्रतिष्ठानले गोर्खाको पाँचखुवा देउराली गाविसमा तिन लाख रुपैयाँ बराबरको राहत सामग्री, सुन्दर पोखरा सरोकार समितिले रेडक्रस कास्कीलाई १३ थान त्रिपाल र बटरफ्लाई फाउण्डेशनले उपाचर गरी डिस्चार्ज भएका प्रभावितहरुलाई एक लाख पन्ध्र हजार रुपैयाँ बराबरको दैनिक सरसफाई सामग्री वितरण गरेको छ । त्यस्तै क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार गराईरहेका भूकम्प प्रभावितहरुको लागि थ्रि एन्जल्स नेपाल, बट्रफ्लाई फाउण्डेशन, कोपिला नेपाल, बाबा फाउण्डेशन लगायत संस्थाहरुले निशुल्क खानाको व्यवस्था गरिरहेका छन् भने हस्पिटलबाट डिस्चार्ज भएका तिस जना प्रभावितहरुलाई बालहितकारी परियोजना नेपालले आवास तथा खानाको व्यवस्था मिलाएको छ ।
त्यस्तै जिल्ला दैवि प्रकोप उद्धार समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, माणिपाल शिक्षण अस्पताल, फेवा सिटि हस्पिटल र फिस्टेल हस्पिटलमा संचालनमा ल्याएका हेल्प डेस्क मार्फत विभिन्न गैससहरुले सहयोग गर्दै आईरहेका छन् ।
निर्माण व्यवसायी समितिद्वारा सहयोग
निर्माण व्यवसायी समिति पोखरा – ९ शान्तिवनले धादिङका भूकम्प पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ। व्यवसायीको टोली भूकम्प प्रभावित धादिङको सल्यानटार गाविस वडा नं ८ सानागाउँमा पुगेर राहत सामाग्री प्रदान गरेको हो।
समितिले चार लाख रुपैया बराबरको राहत सामाग्री प्रदान गरेको अध्यक्ष भिमबहादुर साईले जानकारी दिए। धादिङ सल्यानकोट गाविसका ८४ घर परिवारलाई एक÷एक थान त्रिपाल, व्याल्ङकेट, म्याट्र्ेक्स र चाउचाउ तथा धादिङ सल्यानटारमा १५÷१५ वटा त्रिपाल, व्याल्ङकेट, म्याट्र्ेक्स र चाउचाउ वितरण गरिएको थियो।
सामुदायिक सेवा केन्द्र बगरद्धारा राहात
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरले भूकम्प पिडितलाई राहात वितरण गरेको छ ।केन्द्रका पदाधिकारीहरु सार्दिखोला गाविस पुगी त्यहाका वडा नं.२,३ र ५ का भुकम्प पिडितलाई राहात वितरण गरेको हो ।
भूकम्प पिडिति आठ घरपरिवार करिव २० हजार वरावरको राहात सामग्री वितरण गरेको सामुदायिक सेवा केन्द्र वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिईन् । त्यस ठाँउका भूकम्प पिडितले राहात नभएको गुनासो गरेपछि केन्द्रको टोली नै त्यस ठाउमा पुगी राहात वितरण गरेको थियो ।
निम्स पोखराको खाना
निम्स पोखराले गण्डकी मेडिकल कलेजमा उपचाररत विभिन्न ठाउँबाट आएका भूकम्प पीडितहरुलाई खाना खुवाएको छ । यसैगरी निम्सले १ सय ३५ थान लत्ता कपडा र १० थान त्रिपाल पनि सहयोग गरेको छ । निम्समा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुले पीडितहरुका लागि सहयोग गरेको जानकारी दिइएको छ ।
Comments are closed.