बैशाख २३ गते
भूकम्प पीडितका लागि राहत तथा पुनस्र्थापना कार्यमा सरिक युवाहरुमाथी धारिलो हतियार प्रहार गर्नेहरुलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि सहयोग गर्ने क्रममा पोखरा उप–महानगरपालिका वडा नं. १२ का राज बस्नेत र नविन सिग्देलमाथी खुकुरी प्रहार भएको थियो ।
बैशाख १३ गते शितलादेवीमा रहेको विद्यालय नजिकै भूकम्प पीडितका लागि पाल टाँगिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरुको समूहले उनीहरुलाई खुकुरी प्रहार गरेका थिए । शरिरको विभिन्न भागमा चोट लागेका उनीहरु उपचारपछि घर फर्किएका छन् ।
खुकुरी प्रहार गरेपछि, भागेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पोखरा पुरानोधाराका २३ बर्षीय सुदीप तिमिल्सिना केसी, पाटनवेशीका २३ बर्षीय डम्मबर बहादुर गुरुङ्ग र सोही ठाउँका २३ बर्षीय दिपेन्द्र परियार रहेका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।
Comments are closed.