भैरवटोल–मोहरिया टोल विकास संस्थाको अध्यक्षमा सविन उदास

पोखरा महानगरपालिका वडा नम्बर २ स्थित भैरवटोल–मोहरिया टोल विकास संस्थाको अधिवेशनले सविन उदासको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा शक्ति प्रधानाङ्ग, सचिवमा सृजन भान्साकार्य, सहसचिवमा सन्तोष बिजुक्छे र कोषाध्यक्षमा प्रज्वल वैद्यलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा विकल बड्गामी, जयप्रकाश प्रधानाङ्ग, आदिश कोइराला, विशाल बिजुक्छे, असिम बाटाजु र निकेश बिुक्छेलाई चयन गरेको समितिका नवनिर्वाचित सचिव सृजन भान्साकार्यले जानकारी दिए ।

समितिको निवर्तमान अध्यक्ष अष्टमान प्रधानाङ्ग थिए । समितिले टोलको हितको लागि सामाजिक, सांस्कृतिक, विकास निर्माणलगायतका का मगर्दै आएको छ ।

Comments are closed.