भोट हाल्न आग्रह गर्दै काँग्रेस उम्मेदवारहरु घरदैलोमा

 

पोखरा, २४ बैशाख ,

 

पोखरा १० मा काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेश गुरुङ मतदाताको घरदैलोमा पुगेर कसैको लोभलालच वा करकापमा मत नहाल्न आग्रह गरिरहेका छन् ।विभिन्न भ्रमहरु छर्दै चुनावमा आफ्नो पक्षमा भोट माग्न आउँछन् । तर नझुक्किनुहोला ।’ राजेश गुरुङले मतदाताहरुसमक्ष भनिरहेका छन् । उनले काम गर्न सक्ने र जनतासँग भिज्ने आफूजस्तो उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । शनिबार पोखराको व्यस्त बजारमध्येको एक अमरसिंहमा चुनावी आमसभामा बोल्दै उनले वडाको विकासका लागि फेरी पनि एक पटक नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे । उता पोखरा १६ मा पनि नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले आफ्ना मतदाताहरुलाई घरघरै पुगेर भेटिरहेका छन् । उनले नेपाली काँग्रेस र गठबन्धनले जनताको पक्षमा काम गर्ने भएकोले ढुक्क भएर आफ्नो पक्षमा भोट हाल्न लगाईरहेका छन् । शनिबारको दिन चाँही उनको वडामा गठबन्धनकै तर्फबाट मेयरमा उम्मेदवारी दिएका धनराज आचार्य र उपमेयर कोपिला रानाभाट पनि पुगे । उनीहरुले पनि आफूहरु ईमानदार भएर विकासका काममा लाग्ने प्रतिबद्धता जनाउँदै कसैको प्रभावमा नपर्न मतदाताहरुसँग आग्रह गरे ।त्यस्तै पोखराको वडा नम्बर २६ मा पनि नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलोलाई तीव्रता दिईरहेका छन् । वडा अध्यक्ष नरेन्द्र थापासहितको उम्मेदवारको टोली शनिबार वडाको नरेशपुर, राखिडाँडा, भट्टेबारी, खास्टेताल, गिरौँटारी, खरानेफाँट, अर्घौचोक हुँदै सुन्दरीबजार क्षेत्रमा घरदैलोमा पुग्यो । ‘घरदैलोमा पुगेर हामीले वडाको समग्र विकासका लागि काँग्रेसको पक्षमा मत माग्यौँ । मतदाताहरुमा हाम्रो टिमप्रति ठुलो भरोषा भएको हामीले पायौँ ।’ अध्यक्ष उम्मेदवार थापाले भने ।पोखरा २१ मा पनि वडाको प्रत्येक क्षेत्रमा समानान्तर विकासका लागि नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन त्यहाँको सँयुक्त चुनाव प्रचार कमिटिले मतदाताहरुसमक्ष आग्रह गरेको छ । पोखरा २१ मा पूर्णबहादुर थापा गठबन्धनका सँयुक्त अध्यक्ष उम्मेदवार हुन् ।

 


यता एमालेले आफ्नो गढ भनेर दाबी गर्ने पोखरा १७ मा यो पटक काँग्रेसका युवा नेता देवराज आचार्यको प्रभाव बढ्दो छ । एमालेले दाबी गर्दै आएको गढलाई यसलाई आफूले भत्काउने आचार्यले दाबी गरिरहेका छन् । शनिबार आचार्यसहितको टोली शिशुनिकेतन मार्ग, हनुमान टोल र महतगौँडामा घरदैलोको क्रममा पुगेर आफ्नो पक्षमा मत मागेका थिए । शुक्रबारमात्रै आचार्यलाई सघाउनेगरि ६० जना युवाहरुको समूह काँग्रेस प्रवेश गरेका थिए । अघिल्लो चुनावमा निर्वाचित एमालेका जनप्रतिनीधिहरुसँग मतदाताहरु निकै रुष्ट देखिएका कारण पनि यो पटक पोखरा १७ मा आचार्य बलिया देखिन्छन् ।पोखराको मूख्य बजार मानिने पोखरा ४ मा देवकृष्ण पराजुली घरघरै पुगेर यतिबेला मतदान गर्ने तरिका सिकाईरहेका छन् । त्यस्तै वडा नम्बर ९ का अध्यक्ष उम्मेदवार दीपेन्द्र मर्सानीसहितको टोलीले पनि आफ्ना वडामा मतदाता शिक्षा गरिरहेको छ । उता पोखराकै वडा नम्बर १३ मा अध्यक्ष उम्मेदवार किरण बरालसहितको टोलीले घरदैलो करिब भ्याईसकेको छ । त्यहाँको वृद्धवृद्धादेखि युवापुस्ताले बरालको टोलीलाई रुचाएको विश्लेषण काँग्रेसको वडा नम्बर १३ कमिटिको छ ।यतिबेला पोखरा महानगरको नम्बर १ देखि ३३ सम्मै नेपाली काँग्रेस र गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट मागिरहेका छन् । सँगसँगै गठबन्धनलाई कुन चिन्हमा कसरी भोट हाल्ने भन्ने विषयमा पनि मतदाताहरुलाई उम्मेदवारहरुसँगै गठबन्धनको विशेष समूहले सिकाईरहेको छ । यो पटक पोखरा महानगरमा अधिकांश स्थानमा एमाले विरुद्ध नेपाली काँग्रेस र गठबन्धनकै पक्षमा अत्याधिक मत आउने संयुक्त गठबन्धन दलहरुको विश्लेषण छ ।

 

 

 

Comments are closed.