भोलिको तिथि मिति र राशीफल

rashifalशाके १९३६,सम्वत २०७१ साल फाल्गुन २६ गते सोमवार, नेपाल सम्बत ११३५ चिल्लागा सन् २०१५ मार्च १० तारिक चैत्र कृष्णपक्ष पञ्चमी दिनरातभर, स्वाती नक्षत्र साँझ ७ः२७ वजेसम्म, ध्रुवयोग विहान ९ः४४ वजेसम्म, कौलवकरण साँझ ६ः२७ वजेसम्म, आनन्दादियोग ध्वज, सूर्य कुम्भ राशीमा,चन्द्रमा तुला राशीमा ।
मेषः– आज गरेका नब्बे प्रतिशत काम सम्पादन हुनेछन् । जीवन साथिबाट रचनात्मक सहयोग मिल्नेछ ।
वृषः– सफल हुन्छु भनेर काममा लाग्नु होला दिन शुभ रहेकोछ । व्यापारमा सम्भावना प्रशस्त छन् ।
मिथुनः– शंकामा लङ्का जलाएर नबस्नु होला । समयमा निर्णय लिन नसके अरुले अवसर खोस्ने छन् ।
कर्कटः– मनमा आनन्द हुनेछ । विलासितामा मन जानेछ । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।
सिंहः– मन प्रफूल्लित रहनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।
कन्याः– मध्यम खालको दिन छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । कारोवारमा सचेत हुनु होला ।
तुलाः–मन प्रशन्न रहनेछ । आफुले मन पराउने बस्तु प्राप्त हुने योगछ । गरेका काम सफल हुनेछन् ।
वृश्चिकः– विश्वास घट्नेछ । काम काजमा अवरोध आउनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।
धनुः– आम्दानीका दृष्टिकोणले दिन राम्रै रहेको छ । व्यापारमा सम्भावना देखिने छन् । पराक्र बढ्नेछ ।
मकरः– सामाजिक काममा अभिरुची बढनेछ । राजनीति,नोकरी र वैदेशिक कार्यबाट लाभ हुनुहुनेछ ।
कुम्भः– इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । यात्राको सम्भावना छ ।
मिनः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । काममा अवरोध आउनेछ ।

Comments are closed.