सूचना पाउनु सबै नागरिकको प्रथम अधिकार हो । सूचना विमुख अवस्थाको कल्पनासम्म पनि कहालीलाग्दो हुन्छ । तर सूचना पनि प्रदूषणमुक्त हुन अति आवश्यक छ । जसरी पानीबिना जीवनको कल्पना गर्न सकिदैन, तर विषाक्त पानीले भने जीवन बचाउदैन त्यसले मार्छ । सूचना पनि विषाक्त भए त्यसले समस्या समाधानमा सहयोग होइन भ्रममात्र स्थापित गर्छ । अहिले सूचना दिने र पाउने कुरामा स्वतन्त्र प्रेसको भूमिकालाई सबैभन्दा बढी सहयोगी र जिम्मेवार मानिन्छ । मानिसहरु भन्ने गर्दछन् जुन मुलुकमा स्वतन्त्र प्रेस हुन्छ त्यहाँका नागरिकले भोकमरीमा परेर मर्नु पर्दैन । स्वतन्त्र प्रेसको पहुँचले तुरुन्त भोकमरी भएको जनताकने पिडा र बेदना सरकारसमक्ष निर्वाध पु¥याउन सक्ने हुँदा भोका जनताले तत्काल खाद्यान्न पाउन सक्षम हुन्छन् । यो सिद्धान्त स्थापित छ र यो सबैले मान्दै आएका छन् । तर स्वतन्त्र प्रेसको वास्तविक स्वरुप, त्यसको आकृति, प्रकृति रुप रङ्गबारे भने आ — आफ्नै परिभाषाहरुमा डङ्का पिटाउने गरिन्छ ।
मलाई थाहा छैन, भारतमा पत्रकारिताको पढाइ र तालिम हुने विश्वविद्यालय र कलेजहरुमा फिल्मी अभिनयको पाठ्यक्रम राखिएको छ कि छैन ? तर भारतीय टेलिभिजन च्यानलहरुले अमेरिकी राष्टपति बाराक ओबामाको भारत भ्रमणको समाचार सम्प्रेषण गर्दा राष्टपति ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिल्मी प्यारोडी क्यारिकेचर गरेर प्रस्तुत गरेको कुरा सबैले देखेका हुन् ।
यो सानो आलेखमा स्वतन्त्र प्रेसका मान्यता र पश्चिमा लगायत अन्य मुलुकहरुमै प्रेसले बेलाबेलामा स्वतन्त्र प्रेसका मान्यता प्रतिकूल काम व्यवहारलाई बिबेचना गर्न सम्भब छैन । अहिले त्यसतर्फ नजाउँ । माघ १२ गते शनिबार हाम्रो मुलुकमा आएको महाभुकम्पको अकल्पनीय पिडामा थला परेको अवस्थामा सूचना सम्प्रेषण गरेर भूकम्प पीडित जनताहरुलाई सेवा गर्न आएका भारतीय मिडियाहरुको भूकम्प कभरेज पढ्दा र टेलिभिजनहरुमा नियाल्दा भारतीय मिडियाहरु र त्यसमा कार्यरत सञ्चारकर्मीहरु वास्तवमा सञ्चारकर्मी हुन् कि बम्बै वा पुनाको फिल्म कलाकार उत्पादन केन्द्रबाट प्रमाणपत्र प्राप्त अभिनय कर्ता हुन् छुट्याउन हम्मे हम्मे परेको छ । अभिनय एउटा कला हो त्यसको सम्मान गर्नुपर्छ । जीवन्त अभिनय गरेर नै कलाकारहरु चर्चित र लोकप्रिय बनेका हुन् । जनताको मन मस्तिष्कमा छाएका हुन् । जनमत बनाउन समर्थ भएका हुन् । जसको कारण भारतकै लोकसभा जस्तो महत्त्वपूर्ण निर्वाचनमा एउटा स्थापित राजनीतिक नेतासँगको चुनाव प्रतिस्पर्धामा फिल्मी कलाकारहरुले राम्रो मत पाएर विजयी हुने गरेका छन् । तर स्वतन्त्र प्रेस, तथ्य सूचना सम्प्रेषण , सूचनामा सर्वसाधारणको पहुँच र अझ भन्नुपर्दा शुद्ध र सफा पानी जस्तो विषाक्तयुक्त सूचना दिनुमात्र सञ्चारकर्मीको कर्म र धर्म हुनुपर्ने हो । तर भारतीय सञ्चार माध्यमले अहिलेको पीडामा परेका नेपाली मनहरुलाई अझ बढी थर्कायमान बनाउन, सरकारलाई दप्काउन र आफ्नो शान सोैकात दर्शाउन मात्र लागेको पाइन्छ ।
स्वतन्त्र पत्रकारिता कै कुरा गर्दा तिनले भारतीय लोकसभाको निर्वाचन अवसरमा एक वा अर्को दलका पक्ष र विपक्षमा मिसन पत्रकारिताको नमूना नै प्रस्तुत गरेको कुरा त्यस बेलाको समाचार विश्लेषण मात्र होइन स्थलगत रिर्पोटिङलाई हेरेपनि छर्लङ्ग हुन्छ । मलाई थाहा छैन, भारतमा पत्रकारिताको पढाइ र तालिम हुने विश्वविद्यालय र कलेजहरुमा फिल्मी अभिनयको पाठ्यक्रम राखिएको छ कि छैन ? तर भारतीय टेलिभिजन च्यानलहरुले अमेरिकी राष्टपति बाराक ओबामाको भारत भ्रमणको समाचार सम्प्रेषण गर्दा राष्टपति ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिल्मी प्यारोडी क्यारिकेचर गरेर प्रस्तुत गरेको कुरा सबैले देखेका हुन् । त्यसले समाचार, सम्प्रेष्ण, सूचना र खबरलाई वास्तविक र यथार्थ रुपमा प्रस्तुत गर्नेभन्दा त्यसलाई “ अमेरिकासे आया ओबामा , ओबामाको सलाम करो” जस्तो क्यारिकेचर बनाउदै ओबामा र मोदीलाई अँगालो मारेर नाच्ने र नचाउने दृष्य तयार पार्ने गरेको कुरा सबैले देखेकै होैँ । यो समाचारको कुन सिद्दान्तभित्र पर्दछ मैले नबुझेकोले अबोध जिज्ञासा राखेको हुँ । ठिक, बेठिक ,सही, गलत के हो यस विषयमा विज्ञ विद्वान र सञ्चार जगत्का मान्यता प्राप्त महानुभावहरुबाट प्रस्ट हुने अपेक्षा राख्दछु ।
अहिले नेपाली जनता राहतको पर्खाइमा छन् तिनलाई बाँच्ने आधार चाहिएको छ । छाना र खाना चाहिएको छ । ओैषधी उपचारको व्यवस्था चाहिएको छ । अहिले तिनको भत्केको घर मात्र होइन भत्केको मनहरुको पनि छिटै पुर्नस्थापनाको पर्खाइमा छ । त्यसैले अहिले हामीलाई फुलबुट्टे समाचारभन्दा दुखेका मनहरुको घाउमा मलम लगाउने कुरा चाहिएको छ ।
समाचारलाई नाटकीय र प्यारोडीयुक्त बनाउने मात्र होइन धेरै भारतीय टेलिभिजन च्यानलहरुले सन् २०१२ को पूर्व सन्ध्यामानै जनजीवनलाई भयभीत, आक्रान्त र असुरक्षित बनाउदै “आजै महाप्रलय जान्छ , अहिलेनै महाप्रलय हुन्छ, अब तुरुन्त प्रलय भयो” भन्दै गते र बारसमेत दिएर गरेको हावादारी प्रचारलाई स्मरण गर्ने जो कोहीलाई पनि ती मिडियाहरुको विश्वसनीयताबारे एकपटक राम्रैसँग सोच्नुपर्ने हुन्छ । त्यस्ता विवादास्पद, विश्वसनीयताहीन भारतीय समाचार सञ्जालहरुसमेत अहिले नेपालको महाभूकम्पको विपत्तिमा समाचार कभरेज गर्न गाउँ गाउँमा पुगेका छन् । तिनले कस्तो समाचार बनाउलान् । कस्तो समाचार पस्केलान् । कस्तो क्यारिकेचर निर्माण गर्लान् । हामी सबैले सोच्नुपर्ने भएको छ । यहाँ हामी सबै भन्नुको अर्थ तिनलाई बिना कुनै रोकतोक राष्टिय सम्बेदनशील स्थानसम्म पहुँच दिने सरकारको सञ्चार मन्त्रालय पनि पर्दछ नै । मैले यहाँ रोकतोकको कुरा गर्दा स्वतन्त्र प्रेसलाई कुनै पनि प्रकारको नियन्त्रण, अनुगमन, अवरोध अझ भनोै सेन्सरसीपको कुरा गरेको होइन । सेन्सरसीपको कुरा कल्पनासम्म पनि गर्न सकिदैन । तर विदेशी मिडियाका लागि त के कुरा हाम्रो आफ्नै देशका सञ्चरकर्मीहरु सबैलाई सबै ठाउँमा सधैभरि एकनासले पहुँच हन सक्दैन । पहुँच दिन नसकेको उदाहरण सार्क सम्मेलनकै अवस्थामा पनि देखिएकै हो । तर विदेशबाट आएका प्रेस कुन स्तरका हुन् । तिनको कस्तो प्रकारको प्रेस पास छ सम्मको कुनै परीक्षण नगरी हाम्रो राष्टिय संवेदनशील स्थलसम्म पहुँच दिनु कुन हिसावले सही काम ठहर्छ । अर्को कुरा प्रेसको नाममा आएका सबै मानिसहरु प्रेसनै हुन् भन्ने कुरा तिनको कुनै प्रकारको प्रमाण नहेरी कसरी स्वीकार गर्न सकिन्छ । त्यसैले हाम्रो यस संकटबाट पार लाग्न चाहिएको कुरा भनेको यथार्थ र वास्तविक अवस्थाको निष्पक्ष र तथ्यगत जानकारी हो । कुनै फुलबुट्टा भरिएको रोमाञ्चक कथा होइन । अहिले नेपाली जनता राहतको पर्खाइमा छन् तिनलाई बाँच्ने आधार चाहिएको छ । छाना र खाना चाहिएको छ । ओैषधी उपचारको व्यवस्था चाहिएको छ । अहिले तिनको भत्केको घर मात्र होइन भत्केको मनहरुको पनि छिटै पुर्नस्थापनाको पर्खाइमा छ । त्यसैले अहिले हामीलाई फुलबुट्टे समाचारभन्दा दुखेका मनहरुको घाउमा मलम लगाउने कुरा चाहिएको छ । यो भारतीय प्रेसको प्राथमिकतामा पर्ने विषय परेनन् । त्यसैले हामीलाई माफ गर्नुहोला तपाईहरुका रोमाञ्चक र फुलबुट्टा भरिएको समाचार हाम्रो आवश्यकतामा पर्दैनन् । त्यसैले हामीलाई तपाईको कभरेजको काम छैन ।
शर्मा, पोखरा हटलाइन राष्टिय दैनिकका सम्पादक हुन् ।
Comments are closed.