सिन्धुलीमा २ जनाको मृत्यु भएकाे छ । काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु, मातातिर्थ, टेकु र सामाखुसीमा एक-एक जनाको मृत्यु भएको हो। सिन्धुपाल्चोकमा चार, दोलखामा १० र सुनसरीमा १ जना गरि २१ जनाको मृत्यु भएकाे खबर छ ।
सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ। मंगलबार अपरान्ह गएको भूकम्पको कारण अहिलेसम्म ५ जनाको निधन भएको छ।
नेपाल प्रहरीका डिआइजी हेमन्त पालका अनुसार काठमाडौको टेकुमा एक जनाको निधन भएको छ। यसअघि सिन्धुपाल्चोकमा ४ जनाको निधन भएको सिन्धुपाल्चोकबाट पत्रकार किशोर बुढाथोकीले जनाएका छन्। त्यस्तै दोलखामा १० र सुनसरीमा १ जनाको मृत्यु
नेपाल प्रहरीका एक अधिकृतका अनुसार, भक्तपुरमा ३२ जना भूकम्पमा परि घाइते भएका छन्। त्यसैगरी ललिपुरमा ७२, काठमाडौमा ७३ घाइते भएका छन्। यस अलवा सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्। दोलखामा ९० प्रतिशतसम्म घर ध्वस्त भएको प्रारम्भिक सूचना प्रहरीले संकलन गरेको छ। उनका अनुसार, भक्तपुरमा एक चारतले घर भत्किएको र त्यसको क्षति विवरण आउन बाँकी छ, रामेछाप र सिन्धुपाल्चोकमा दुईदुई जना प्रहरी जवान घाइते भएका छन्।
Comments are closed.