मंगलबार यता ३४ धक्का, बुधबार बिहानै काठमाडौं, धादिङ र दोलखामा ५ वटा धक्का

Baisak-30-Bhukamp

पाेखरा ३० बैशाख/ मंगलबार मध्यान्ह १२ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि ३४ धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति १२ बजेसम्म २९ वटा धक्का महसुश गरिएको थियो भने बुधबार बिहान रातिदेखि अहिले ९ बजेसम्म ४ वटा धक्का महसुश गरिएको छ ।

केन्द्रका अनुसार यी भूकम्प दोलखा, सिन्धुपाल्ल्चोक, रामेछाप, काठमाडौं, धादिङ र गोरखालाई केन्द्रविन्दु बनाएर गएका छन् ।

राति पुनः पराकम्पनका धक्का

काठमाडौँ उपत्यका आसपासका जिल्लामा केन्द्रबिन्दु बनाएर गइरहेको भूकम्पको पराकम्पन बुधबार रातिदेखि काठमाडौँ आसपासलाई केन्द्रबिन्दु बनाएर पराकम्पन गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४।२ रिक्टर स्केलको पराकम्पन गएको छ ।

गएरातिनै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यही वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुर केन्द्रबिन्दु बनाएर चार रिक्टर स्केलमाथिका दर्जनौं पराकम्पन गएका थिए ।

विनाशकारी भूकम्पका पराकम्पन क्रमिकरुपमा कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको भएपनि मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको पराकम्पनपछि उपत्यकाको जनजीवन प्रभावित बनेको थियो ।

Comments are closed.