मजदुर र बिरामीको हातबाट जुस पिएर डा.केसीले तोडे अनशन (फाेटाे र सहमति पत्रसहित)

काठमाडौं, १९ –06चैत्र
प्रा.डा. गोविन्द केसीले आफ्नो आमरण अनशन १२ औं दिनमा तोडेका छन् । सरकारले उनको मागलाई सम्बोधन गरेपछि उनी अनशन तोड्न राजी भएका भएका थिए । बिहीबार अपरान्ह ४ बजे एकजना मजदुर सत्यनारायण राम र शिक्षण अस्पतालका बिरामी १० वर्षीय सुवाद अधिकारीको हातबाट जुस पिएर उनले अनशन तोडेका छन् । सप्तरीका राम अस्पताल गेटमा जुत्ता सिउने व्यवसाय गर्ने हुन् ।

चिकित्सा शास्त्रको अध्ययन क्षेत्रमा सुधारको माग गर्दै उनी पाँचौ पटक शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा अनशन बसेका थिए । चौथो पटक अनशन बस्दा भएको सम्झौता विपरीत सरकारले केही मेडिकल कलेजलाई सम्बन्धनको तयारी गरेपछि गत आइतबार (चैत्र ६ गते) बाट डा. केसी फेरि अनशन बसेका हुन् ।08

सरकारका तर्फबाट वार्ताका लागि खटिएका मुख्य सचिव लिलामणि पौडेल, योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल तथा डा. केसीले सहमति पत्रमा हस्ताक्षर भएको छ । 04

02यस्ताे छ सहमति
Agreement-with-Dr.-Gobinda-KC-1Agreement-with-Dr.-Gobinda-

Comments are closed.