पोखरा, ९ असोज
मझेरी बचत तथा ऋण सहकारीको पाँचौं साधारणसभा भएको छ । शनिबार भएको साधारणसभामा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले सहकारी सदस्यहरूको सक्रियता र आर्थिक अनुशासनले सफल हुने बताए । उनले सरकारले सबै काम गर्न नसक्ने र निजी क्षेत्रलाई पनि पूर्णरुपमा विश्वास गर्न कठिन भएकाले सहकारीको विकास भएको बताए ।
प्राचार्य अधिकारीले सहकारीहरूले बैंकको जस्तो कारोबार नगरी सहकारीको सिद्धान्त अनुरुप चल्नु पर्ने बताए। उनले भने–‘अहिले विद्यमान शेयर सदस्यभन्दा बढी रकम कर तिर्नु पर्ने व्यवस्था मलाई पनि जायज लाग्दैन ।’ राज्यको पुनर्संरचनासँगै अब सहकारी ऐनमा सुधारका प्रयास पनि हुनु पर्ने उल्लेख गरे ।
सहकारीका संस्थापक अध्यक्ष गनेस पौडेलले सामुहिक भावना र सामाजिक संस्था जसरी सबैले सोचेकाले नै सहकारी प्रगति उन्मुख भएको बताए । कार्यक्रममा समाजसेवीहरू बालकृष्ण काउछा, जंगबहादुर कुँवर, वोधराज बराल, बलबहादुर सेञ्चुरीलगायतले बोलेका थिए । सो अवसरमा सहकारीका शेयर सदस्यका छोराछोरीमध्ये गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट हुने संस्थागत र सामुदायिक विद्यालयका दुई–दुई जनालाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पार्वती ढुङ्गाना र सञ्चालन सचिव हरि जिसीले गरेका थिए ।
Comments are closed.