“मतदाताको इच्छा नै मेरो प्रतिवद्धता” :अध्यक्ष उम्मेदवार पौडेल

अन्नपूर्ण,कास्की,

वैशाख २५,
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा गाउँ–गाउँ, वडा–वडा चुनावी गतिविधि बढेको छ । कास्किको अन्नपूर्ण गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेस गठबन्धन बिना नै चुनावी प्रतिस्पर्धा मा छ । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं ५ बाट वडा अध्यक्ष पदमा पूर्व जन निर्वाचित वडा अध्यक्ष जिवनाथ पौडेल उम्मेदवार रहेका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश ‘ख’  सभापति समेत रहेका जीवनाथ पौडेल दोस्रो पटक पनि नेपाली कांग्रेस अन्नपूर्णका वडा अध्यक्ष पदको उम्मेदवार भएका हुन् । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार जीवनाथ पौडेलले पर्यटन, शिक्षा, स्वास्थयका क्षेत्रमा पालिका कै नमूना वडा बनाउनको लागि मतदाताहरुसँग आफुलाई मतदात गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस, प्रदेश ‘ख’ का सभापति समेत रहेका पौडेल २०७४ सालको आम निर्वाचनमा पनि वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । पाँच वर्षको कार्यकालमा वडाले विकास निर्माणमा फड्को मारेको कारण, वडा वासीहरुले आफूलाई नै निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको अन्नपूर्ण ५ लुगेरामा आयोजित घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उम्मेदवार पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिका वडा नं। ५ मा स्थानीय निर्वाचनमा गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गर्ने केन्द्रीय नीति भए पनि अन्नपूर्ण ५ मा चुनावी गठबन्धन भने छैन । स्थानीय राजनैतिक अवस्था अनुसार आवश्यक भए गठबन्धमा जाने केन्द्रको निर्देशन भएपनि अन्नपूर्णमा नेपाली कांग्रेस, एमाले, समाजवादी र माओवादी एकल रुपमा चूनावी मैदानमा उत्रिएका हुन् । पौडेलले यस अन्नपूर्ण गाउँपालिका वडा नं। वडा न. ५ लाई अन्नपूर्ण कै सर्वोत्कृष्ट वडा बनाउने कामको शुरुवात आफ्नो कार्यकालमै भइसकेको वडा वासीहरुले बुझेको कारण आफूलाई पून : निर्वाचित गराउने दावी गरे । चुनाव प्रचार प्रसार तथा घरदैलोका क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाएका कारण अन्नपूर्ण गाउँपालिका वडा नं ५ को विकासको जिम्मेवारी पूनः जनमतद्वारा आफूलाई नै आउने पक्का भएको बताए ।

Comments are closed.