मतदाताको घरदैलोमा पोखरा २२ का एमाले उम्मेद्वार


पोखरा ,
नेकपा एमाले पोखरा, २२ ले मतदाता भेटघाटलाई तीव्र पारेको छ । उम्मेद्वारसहित नेता–कार्यकर्ता बिहानदेखि साँझसम्म मतदाता भेटघाटमा व्यस्त छन् । आइतबार ढावा उल्लेरी, माथिल्लो खाल्सेलगायत ठाउँमा घरदैलो गरिएको एमाले पोखरा २२ अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए ।मतदाताको प्रतिक्रिया राम्रो छ । घरघर पुगेका छौँ । हाम्रा प्रतिबद्धतापत्र पनि एक/दुई दिनमा सार्वजनिक गर्छौं,’ उनले भने । पोखरा २२ पुम्दीभुम्दी कृषि उत्पादन धेरै हुने ठाउँ हो । विशाल महादेव मूर्तिले आन्तरिक र बाह्य पर्यटकलाई तानेको छ । त्यसैले कृषक, पर्यटन र सडकलाई मुख्य आधार बनाएर घोषणापत्र बनेको बरालले बताए । पोखरा २२ मा एमालेबाट वडाध्यक्षमा प्रकाशचन्द्र गुरुङ , खुल्ला वडा सदस्यमा लिलाधर पौडेल र सञ्जिव गुरुङ , महिला सदस्यमा कृष्णकुमारी पौडेल र दलित महिला सदस्यमा सीता विक उम्मेद्वार छन् ।

Comments are closed.