पोखरा, २२ कात्तिक
नेपाल मधुमेही समाज कास्कीको आयोजना र सूर्यचन्द्र विकास समाज पोखरा–५, कास्कीको सहआयोजनामा विश्व मधुमेह दिवसमा निःशुल्क मधुमेह परीक्षण हुने भएको छ । गिरी कम्प्लेक्स, न्यूरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा हुने शिविरमा निःशुल्क मधुमेह र मृगौलासम्बन्धी रक्त परीक्षण हुने नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले जानकारी दिए ।
अहिले मधुमेह र यसबाट उत्पन्न हुने समस्याले विकरल रुप लिएकाले समयमै यससम्बन्धी सचेतना जगाउन र सरल रुपमा उपचारको प्रबन्ध गर्न आफूहरु लागिरहेको बरालले बताए । वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापाको उपस्थितिमा शिविर विश्व मधुमेह दिवस नोभेम्बर १४ अर्थात कात्तिक २८ गते हुनेछ । शिविरका सहभागीले अन्य रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट पाउने बताइएको छ ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले पोखरा र आसपासका क्षेत्रमा विभिन्न संघ, संस्थासँग सहकार्य गरी निःशुल्क मधुमेह परीक्षण तथा सचेतना कार्यक्रम गरिरहेको बताए। युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो १२ औं शिविर हो । पन्तले मधुमेह भएका विरामीमा मृगौलासम्बन्धी समस्या बढी आउने भएकाले यस पटक मृगौलासम्बन्धी पनि निःशुल्क रक्त परीक्षणको व्यवस्था गरिएको जानकारी दिए ।
Comments are closed.