पोखरा, २८ कात्तिक
मधुमेह धेरै रोगको मूल हो । मधुमेह न्यूनीकरणका लागि विश्वभर नै बिहीबार विभिन्न कार्यक्रम भएका छन् । विश्व मधुमेह दिवसको अवसरमा पोखरामा पनि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ ले विभिन्न कार्यक्रम गरेको छ ।
बिहीबार बिहान मधुमेहबारे सचेतनामूलक प्लेकार्डसहित चिप्लेढुंगाबाट निकालिएको ¥याली न्युरोड हुँदै पोखरा समागृहमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको अवस्थाबारे प्रकाश पारे ।
उनले विश्वका ४३ करोड मानिस मधुमेहबाट पीडित रहेको तथ्यांक पेश गर्दै नेपाल जस्तै विकासशील देशमा मधुमेहका रोगीको संख्या दिनानुदिन बढिरहेकाले समयमै यसबारे सजगता र भएसकेको भए उचित उपचार जरुरी हुनेमा जोड दिए ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा दिवसकै अवसरमा सित्तैमा मधुमेह जाँच गरिएको छ । ७ सय २ जनाले सित्तैमा मधुमेह जाँच गराएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलले स्थापनादेखि नै मधुमेह, टिजी लगायता जाँच बेला बेलामा सित्तैमा गरी सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।
लायन्सका डाइबेटिज डिपार्टमेन्ट चिफ धनीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गर्भनर इन्दु लम्सालले नागरिकको स्वास्थ्य लायन्सको प्राथमिकता भएकाले यस खालका कार्यक्रम बेला बेलामा गरिरहेको बताए ।
Comments are closed.