मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा ढिलासुस्ती

धुलोका कारण घर छाड्न बाध्य

 

एकराज गिरी

पोखरा,

भदौ १२

पोखरा महानगरपालिका हेम्जाका बलराम तिमिल्सिना राजमार्ग किनारको घर छाडेर केही पछाडीको घरमा सरे । पानी परे हिलाम्मे र घाम लागे धुलो उडने सडकका कारण बस्दै आएको घर छाडन् बाध्य भएका हुन् । राष्ट्रिय गौरवको निर्माणाधीन मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५याम्दीदेखी घट्टेखोलासम्मको सडक हिउँदमा धुलो र बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्गका स्थानीय बासिन्दा र यात्रा गर्नेहरुले कष्ट भोग्न बाध्य छन् । तिमिल्सिनाले थपे, ‘एक वर्ष भयो, धुलो हुन्छ भनेर पुरानो घरमा सरेको छु ।’ पाँच वर्षमा बन्छ भन्र्थे ६७ वर्षिय तिमिल्सिनाले भने,‘ काम ढिलो भएको छ, त्यही मािथ कोरोनाका कारण कामनै हुनसकेन् । धुलोले समस्या भएको छ ।’ त्यस्तै गुनासो छ डिलमाया तिमिल्सिनाको पनि । उनले भनिने, धुलोका कारण सास्ती खेप्नु परेको छ ।’उनले भनिन्,‘ धुलोका कारण कपडा धोयो सुकेपछि फेरी धुनुपर्ने अवस्था छ । सडकमा हिडेको मान्छे चिन्नै सकिन्न ।यस्तो अवस्था छ ।’ सडकमा पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे हुने भएकोले यहाँका स्थानीयहरु सहित सडकमा पैदल हिडनेहरुले निकै सास्ती खेप्नु परिरहेछ ।

साविकका धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङ जिल्लाको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशमा लकडाउन भएपछि कामदार घर फर्किएपछि काम ठप्प भयो । बन्दाबन्दीले लोकमार्गको काम रोकिदा वर्खामा सडक हिलो र पानीले भरिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«ेका नागरिक सोही सडक भएर यात्रा गर्नुपर्छ । सडक छेउकामात्रै हैन् एम्बुलेन्स समेत रोकिने र हिलोमा फस्ने गरेको स्थानिय प्रकाशचन्द्र सापकोटाले भने ।सुईखेतदेखी घट्टेखोलासम्मको दुई किमी सडक अहिले सवारी चालक तथा यात्रुहरुका लागि धराप बनेको र स्तरोन्नतीका लागि विस्तार गरिएको सडकमा पानी पर्न थालेपछि सवारी साधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको बताए । कास्की सडक खण्डको निर्माणका कारण अप्ठयारो हुन्दा सराङकोटको बाटो प्रयोग बढेको छ । सवारी चाप बढेका कारण उक्त सडक एक वषमै भत्किएको कास्कीकोटका प्रकाश गिरीले बताए । हेमजा पोखरा सडकको बैकल्पिक बाटो कास्कीकोट सराङकोट सडक खण्ड बनेको छ ।

हेमजाकी लक्ष्मी सापकोटाले भनिन्,“मध्य पहाडीको बाटो अहिले हाम्रा लागि धराप बनेको छ,हिलाम्मे सडकमा मोटरसाइकल र साना चार पाङ्ग्रे सवारी चलाउन सक्ने अवस्था छैन,कतिपय अवस्थामा बाटोमा सवारी साधन छोडेर हिँड्नुपर्ने अवस्था छ भने घाम लाग्दा धुलोका कारण समस्या भएको छ ।”कास्कीका दुई पालिका सहित चार जिल्लाको प्रमुख सडकमार्ग खाल्डाखुल्डी र धुलोका कारण कष्ठकर भएको छ उहाँले भन्नुभयो,“अहिलेको सडक निर्माणको कामबाट हामी स्थानीयवासी सन्तुष्ट हुन सकेका छैनौँ,राष्ट्रको गौरवसँग जोडिएको सडक ढिलासुस्ती भएको छ ।” मध्य पहाडी लोकमार्गको ३७ किमी लामो कास्की खण्ड तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा बिभाजन गरेर विसं २०७४ असारमा रु दुई अर्व ९३ करोड ६६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

याम्दीदेखी सुईखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुईखेतदेखी घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए । त्यसैगरी घट्टेखोला देखी नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु. ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा मध्य पहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो ।राजमार्ग छ लेन (३० मिटर) चौडाई तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला र्निमाण गरिने सम्झौतामा उल्लेख छ । पहाडी भुगोलका कारण घट्टेखोलादेखी नयाँपुलसम्म भने दुई लेन मात्र हुने छ ।उच्च प्रविधिको अस्पात कङ्क्रिट प्रविधिको माध्यमबाट सडक कालोपत्रे गर्ने सम्झौता भएपनि काममा ढिलाइ हुँदा नागरिकले हैरानी र सास्ती खेप्नु परेको छ । चालू आवभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम अहिले बन्दाबन्दीका कारणले प्रभावित बनेको हो । त्यसअघि सडक विस्तारमा अधिकाँस स्थानमा बिजुली र खानेपानीका पाईप स्थानान्तरण गर्न ढिलाई हुँदा आयोजनाको भौतिक प्रगति कम भएको दाबी निर्माण कम्पनीको छ ।घट्टेखोलादेखी नयाँपुलसम्मको सडकमा भने कार्य प्रगति राम्रो छ । सो सडकखण्डमा अधिकाँस स्थानमा कोलोपत्रे गरिएपनि याम्दीदेखी घट्टेखोलासम्मको सडक यात्रा कष्टकर छ ।हालसम्म बाटो फराकिलो पार्ने, गार्वेलिङ्ग, नाली निर्माण तथा सो माथि सल्याब, कल्भर्डको निर्माण, आवश्यक ठाउँमा रिटेलिङ्ग वालको काम सकिएको आयोजनाका ईन्जिनियर अनन्त बरालले जानकारी दिनुभयो । उनले हालसम्म समग्रमा ७० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको जानकारी दिए ।

Comments are closed.