मनाङलाई आहा ! राराको उपाधि

मनाङले उपाधिसहित नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र

 

एकराज गिरी । पोखरा, चैत १ गते । मनाङ मस्र्याङदी क्लबले आहा राराको उपाधि उचाल्दा नेपाल पुलिस क्लब पेनाल्टी सुटआउटमा अभागी बनेको छ । हजारौ दर्शकलाई साँच्चि राख्दै मनाङले पुलिसलाई पेनाल्टी सुटआउमा ४–३ गोलले पराजित गदै १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मनाङले उपाधिसहित नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेता पुलिसले नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समय गोल रहित बराबरीमा टुङगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा दुवै टिमले गोल गर्न असफल भएपछि खेलको निर्णाय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा पुलिस अभागि बन्दै उपविजेतामा सिमित बन्यो । एक संस्करण बाहेक सवै संस्करणमा सहभागि नेपाल पुलिस क्लबले पहिलो, तेस्रो, छैठौ, सातौ र आठौ, १६ औ गरि पाँच पटक उपाधि उचालि सकेको छ । १८ औ संस्करणमा पुुलिसले मनाङसंग बदला लिने अवसरबाट फेरी चुकेको छ । यो सिजनमा यी दुईवीचको भेट तेश्रो हो । शहिद स्मारक ए डिभिजन लिगमा मनाङले पुलिसलाई २–० र झापा गोल्डकपको फाइलनमा १–० ले पुलिसलाई हराउदै मनाङले उपाधि उचालेको थियो । लिग र झापा गोल्डकप फाइनलमा पराजित हुदाँको बदला लिदै उपाधि उचाल्ने पुलिसको सपना अधुरो बन्यो ।

क्याराभान गोल्डकपमा पुलिसले मनाङलाई फाइनलमा २–१ गोलले पराजित गदै उपाधि उचालेको हो भने दोस्रो र तेस्रो आहा गोल्डकपमा मनाङले पुलिसमाथि बाजी मारेको थियो । दोस्रोमा मनाङले पुलिसलाई ३–१ र तेस्रोमा ३–२ गोल अन्र्तरले पराजित गदै उपाधि माथि कब्जा जमाएको थियो । त्यस्तै आहाको आठौ संस्करणको क्वाटरफाइनलमा पुलिसले मनाङलाई सेमिफाइलनमा २–१ ले पराजित गरेको थियो । १२ औ संस्करणको सेमिफाइनलमा मनाङले पुलिसलाई ५–० र १६ औ संस्करणको क्वाटरफाइनलमा नेपाल पुलिसले मनाङलाई ३–१ ले पाखा लगाएको थियो । १० पटक फाइनल पुग्ने भाग्मानी टिम हो पुलिस ।मनाङ छैटौ पटक उपाधि उचाल्न सफल भयो । मनाङले आहा गोल्डकपको दोस्रो, तेस्रो,दशौँ, चौधौँ, पन्र्धौ संस्करणको विजेता ।

मनाङका निसान लिम्बुको पेनाल्टी सुटआउट रोकिएपछि खुशी पुलिसले जित्ने आशा गरेको भएपनि पुलिसका अजित भण्डारी र तेज तामाङको पेनाल्टी सुुटआउटलाई उत्कृष्ट बचाउ गर्दा मनाङको भाग्य खुल्यो ।

पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङको पेनाल्टी मात्रै गोलमा परिणत भयो । मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे । मनाङका निसान लिम्बु भने टाइब्रेकरमा गोल गर्न चुके । उनले दाया साइड च्यापेर प्रहार गरेको पेनाल्टी सुट बिपक्षी गोलकिपर रोसन खड्काले डाइभ हानेर रोके ।

शुरुदेखि नै पुलिसबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको मनाङले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म कुर्नुप¥यो । रक्षापंक्ति बलियो बनाएर बारम्बार आक्रमण बुनेको मनाङले खेलको २० औं मिनेटमै गोल गर्ने अवसर सदूपयोग गर्न सकेन । कप्तान कमल श्रेष्ठको कर्नर किकमा विमल रानाको हेडर बिपक्षी गोलकिपरले रोसन खड्काले पञ्च गरेर क्रसबार माथिबाट बाहिर फाले । ३६ औं मिनेटमा अञ्जन विष्टको क्रसमा पेनाल्टी एरियामा रहेका दयानन्द सिंहको हेडले सहि दिशा लिन सकेन र फष्र्टबार हुँदै बाहिरियो । ४३ औं मिनेटमा गोलरक्षक अगाडी बढेको अवस्थामा अञ्जन विष्टको बाईसाइकल प्रहार पुलिसका अजित भण्डारीले गोल लाइनबाट उत्कृष्ट बचाउ गरेपछि अग्रता लिने मनाङको योजना असफल बन्यो । ६० औं मिनेटमा विमल रानाले प्रहार गरेको बललाई बिपक्षी डिफेन्डरले क्लियर गर्ने क्रममा फर्केको बललाई अञ्जन विष्टले पुनः प्रहार गर्दा फष्र्टबारहुँदै बाहिरियो । ७५ औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नर किकमा दयानन्दर सिंहको हेड क्रसबार माथिबाट बाहिरियो । ८९ औं मिनेटमा अञ्जन विष्टले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो ।

खेलको ४९ औं मिनेटमा निरकुमार राइको प्रहारमा बिपक्षी गोलकिपर अशोक बराल बाधक बन्नुभयो । रवि पासवानको क्रसमा कप्तान भरत साहले निकालिदिएको बललाई निरकुमारले प्रहार गर्दा गोलकिपर बरालले बचाउ गरे । ७४ औं मिनेटमा तेज तामाङको पासमा बुद्ध बल तामाङले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो । ९३ औं मिनेटमा रवि पासवानको क्रसमा डि–एरियामा अनमार्क रहेका निरकुमार राईले गरेको प्रहार फष्र्टबारहुँदै बाहिरियो ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताए । उनले पाएका अवसर सदुपयोग नभएको बताए । मनाङका प्रशिक्षक फुजा टोपेले खेल टफ भएको बताउदै भने पुलिस राम्रो टिम हो त्यसैले टफ खेल भयो ।

प्रतियोगितामा उपबिजेता बनेको नेपाल पुलिस क्लवका अजित भण्डारी सर्बोत्कृष्ट खेलाडी बने ।उनले अप्रिला स्कुटर प्राप्त गरे । अन्य सबै उत्कृष्टमा बिजेता टिम मनाङमस्र्याङ्दी क्लवका खेलाडीहरु बने । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरमा अशोक बराल, उत्कृष्ट स्ट्राइकरमा अञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षकमा फुजा टोपे बने । उनीहरुले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सर्बाधिक गोलकर्ता ५ जना बने । नेपाल पुलिस क्लवका भरत शाह, निरकुमार राई, मनाङ मस्र्याङ्दी क्लवका अञ्जन विष्ट, थ्रीस्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङले समान २÷२ गोल गर्दै सर्बाधिक गोलकर्ता बनेको पुरस्कार प्राप्त गरे । सर्बाधिक गोलकर्तालाई नगद २५ हजार भएकाले उनीहरुलाई दामासाहीले ५÷५ हजार प्रदान गरियो ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलबाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेपा, सहारा अध्यक्ष केशवबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । सहारा क्लव पोखराको आयोजनामा गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगिता १० दिनसम्म चलेको थियो । प्रतियोगितामा एक विदेशी सहित १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

१८ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता मनाङ मस्र्याङदीका खेलाडीहरु ट्रफि सहित खुशी मनाउदै ।

रग्बी संघ कास्कीको अध्यक्षमा खड्काका

पोखरा १ चैत । कास्की जिल्ला रग्बी संघको दोस्रो साधारण सभा तथा अधिवेशनले सुवास खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा नारायण पहारी, सचिवमा बासु जिसी, कोषाध्यक्षमा सुष्मी श्रेष्ठ छन् । त्यसैगरी सदस्यहरुमा मिलन गुरुङ, किरण थापा, मदन लम्साल , दिपक गुरुङ, विशाल गोले, मदन क्षत्री र सुष्मिता थापा रहेका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

अधिवेशनमा बोल्दै नेपाल रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेले पोखरामा एक वर्षभित्रमा राष्ट्रियस्तरको रग्बी प्रतियोगिता आयोजना गर्ने केन्द्रको योजना रहेको सुनाए । उनले तीन विभागीय सहित सातै प्रदेशको सहभागितामा पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गरिने स्पष्ट पारे ।

अधिवेशनको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले रग्बी खेलको विकास र विस्तारको लागि आफनो तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रशिक्षणको लागि पोखरा रगंशालाभित्रै मैदान उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कास्की जिल्ला खेलुकद बिकास समितिका पुर्व कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले खेलकुदको नेतृत्वकर्ताले सबै दर्ता भएका खेल संघलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दर्ता गरिदिने तर व्यवस्थित गर्ने तर्फ ध्यान नदिई झोले संघ बनाउने तर्फ उद्दत हुन नहुने स्पष्ट पारे । ‘संघलाई झोले बनाउनुहुदैैन् । दर्ता भएका संघलाई खेल गतिविधि सञ्चालन नगरेको अवस्थामा कारवाही गर्नुपर्छ ।’ उनको भनाई थियो ।

अधिवेशनमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडका, क्षत्री समाज नेपालका युवा कमिटि अध्यक्ष दिनेशबावु खड्का लगायले रग्बीको विकास र विस्तार गर्ने तर्फ चासो र ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

Comments are closed.