मनोनयन दर्ता प्रक्रिया शुरु ,उम्मेदवारी विवरण रुजु हुँदै

काठमाडौँ,

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया देशभर शुरु भएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ। आयोगको सूचना प्रणालीमा आज साँझ ७ः३० बजेसम्म कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याब्क प्राप्त भएको छैन । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याब्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाकाअनुसार प्रणालीमा सब्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय ९४, वडा अध्यक्षमा दुई हजार आठ सय २६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ । वडा सदस्यमा तीन हजार एक सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार एक सय सात दर्ता भएको छ । देशभरका ७५३ स्थानीय तहका लागि कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने
समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Comments are closed.