मन्टेश्वरी एशोसिएसनको भर्चुअल अन्र्तक्रिया

बिद्यालय खोल्ने बारे सरोकारवालासंग छलफल गरेर अगाडी बढने ः मन्त्री पुन

पोखरा ३ असोज । गण्डकी पदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरु सञ्चालनका लागि सरोकारवाला निकायसंग छलफल गरेर अगाडी बढने बताएकी छन् ।


मन्टेश्वरी एशोसिएसन कास्कीले शनिबार आयोजना गरेको भर्चुअल अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यालय सञ्चालन गर्न विद्यालय सञ्चालक, अभिभावक, सरोकारवाला सम्पूर्ण निकायसंग उचित छलफल र परार्मशपछि मात्रै निर्णय लिइने बताइन् । कोभिड १९ को सुरक्षा मापदण्ड अवलम्बन गरी छलफल आयोजना गरी निष्कर्ष निकाल्नुपर्ने जोड दिइन् । पोखरा महानगरपालिका शहरी योजना आयोगका सदस्य बाबुराम भण्डारीले पूर्व प्राथमिक तहको तीति निर्माण गर्न महानगरले बालबालिकासंग सम्बन्धित निकायहरुसंग सहयोग र समन्वय गरेर अगाडी बढने बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शाल्भि मर्सानी लगायत बोर्डका सदस्यहरु, अप्सरा अधिकारी, रीतु पौडेल, सल्लाहकार कूलप्रसाद सुवेदीले आआफना विचार ब्यक्त गदै सरोकारवाला सरकारी नियकायका व्यक्तित्वहरुसंग जिज्ञासा प्रस्तुत गर्नुभएको थियो । मन्टेश्वरी एशोसिएसनक अध्यक्ष अध्यक्ष मिलन के.सीले अहिलेको परिस्थितिमा प्रदेश, स्थानीय सरकारले पूर्वप्रथमिक विद्यालयहरुको बारेमा नीति नियम सम्बन्धमा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्रोग्राम सेन्टरका सन्चालक साईकोलोलिकल प्रोफाइल म्यानेजमेन्टकर्ता मनोविद डा. शुसिल क‘डेल लगायतले अहिलेको अवस्थामा बालबालिकारुलाई शैक्षिक गतिबिधिमा सहभागी गराउने र मानसिक रुपमा उनीहरुलाई शिक्षामा कसरी जोडने भन्ने बारेमा भनाई राख्नभएको थियो । संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक रीतादेवी सुवेदीले स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् भने संस्थाका सचिव साबित्री थापा मोक्तानले कार्यक्रम संचालन गरेकी थिइन् ।

Comments are closed.