मन्त्री र सांसद जनतासँग आमनेसामने


पोखरा, १८ मंसिर
माइक समातेका विष्णु बास्तोलाले फ्याट्ट भने, यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’
हुन पनि नेताहरु आउने, सांसदहरु आउने, मन्त्रीहरु आउने कार्यक्रम त भइरहन्छन् ।
उनीहरु भाषण गर्छन् जनता सुन्छन् । शनिबार पोखरा १९ पुरन्चौरमा भने त्यस्तो भएन ।
जनताले जिज्ञासा राखे, मन्त्री र सांसदले जवाफ दिए । त्यसैले विष्णुले भनेका हुन्, ।यस्तो
कार्यक्रम अहिलेसम्म भएको थिएन ।’
आउटलाइन मिडिया काठमाडौंले सार्वजनिक सरोकारका विषयमा छलफल गर्न शनिबार गण्डकी
प्रदेशका अर्थमन्त्री रामजी बराल जीवन, प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा र पियारी
थापालाई पुरन्चौर चुरुंगामा जनतासँग आमनेसामने उभ्याएको थियो ।
स्थानीयले लामाचौर—माछापुच्छ«े ग्रामीण सडक पहिरोले भत्काएर बिजोग बनाएको समस्या
जोडतोडका साथ उठाए ,कुन बेला कुन गाडी खसेर कहाँ पुग्ने हो भनेजस्तो छ,’
लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन् । उक्त सडक गएको बर्खामा
पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा १ करोड रुपैयाँ लाग्ने देखिएको तर
बजेट ५० लाख रुपैयाँभन्दा नभएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए ।
अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने बचन दिए ।
अहिले ५० लाख रुपैयाँ छ भने त्यसैबाट काम सुरु गर्नाेस्, १ करोड हैन डेढ करोड रु
पैयाँ चाहिन्छ भने पनि हालिन्छ, छिटो छरितो सम्पन्न गर्न मेरो पहल रहन्छ,’ मन्त्री
बरालले भने । गणेशप्रसाद बास्तोलाले माछापुच्छ«े ग्रामीण सडक उत्तरी भेगका लागि
थेग्ने सडक भएको हुँदा त्यो बाटो बनाए अरु विकास विस्तारै हुने विचार राखे ।
प्रदेश सांसद इन्द्रलाल सापकोटाले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक,
पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरु बनाएको सुनाए ।जिल्ला
सदरमुकाम छाडेर पिचबाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको
छ, कतै हुँदैछ,’ सापकोटाले भने ।
प्रदेश सांसद पियारी थापाले महिला सशक्तीकरणका लागि प्राइभेट फर्म
दर्तासम्बन्धी’ ऐनमा महिलालाई फर्म दर्ता र नवीकरणमा छुट हुने व्यवस्था गरेको
जानकारी दिइन् । बाल अधिकारसम्बन्धी कानुन पनि बन्ने चरणमा रहेको जानकारी उनले
दिइन् । संघीयता नेपालको अर्थतन्त्रले नधान्ने विचार पनि उनले व्यक्त गरिन् ।
विन्ध्येश्वरी माविका प्रअ श्रीराम आचार्यले दरबन्दी अपुग रहेको बताए । महिला शिक्षक
सुत्केरी विदामा बस्दा वैकल्पिक शिक्षक राख्ने क्षमता पनि विद्यालयसँग हुँदैन,’ उनले भने,
यो समस्या हाम्रोमात्रै होइन, देशैभरि छ ।’ छात्र सागर बास्तोलाले पुस्तकालयको अभाव रहेको
सांसदहरुलाई सुनाए । नारायण अधिकारीले बाउसाले खनेका बाटो भत्किएर गाडी चल्न
छाडेको सुनाए । युवा वसन्तराज बास्तोलाले युवालाई उद्यमी बनाउन गण्डकी सरकारले के कस्तो
नीति ल्याएको छ भन्ने जिज्ञासा राखे ।
सरस्वती बास्तोलाले स्वास्थ्य चौकी जाँदा सिटामोल पनि नहुँदा आफूहरुलाई महानगरको
बासिन्दा होइनौं कि भन्ने लागेको अनुभूति साटिन् । मित्रलाल बास्तोला, विष्णु बास्तोला,
जगन्नाथ बास्तोला, हर्कराज आचार्य, भगवान बास्तोला, गोमा बास्तोला, शालिग्राम बास्तोला,
विजय गौतम, केशवराज बास्तोला लगायतले गाउँघरका समस्या सांसदहरुलाई सुनाएका थिए ।

आउटलाइन मिडियाका सरोज दाहालले पत्रकारले जनताका प्रश्न र समस्याबारे रिर्पोटिब गर्न
सकिने हुँदा हुँदै जनतासँग सामन्ने राखेर सांसदसँग छलफल गर्दा अझ प्रभावकारी
हुने भएकाले कार्यक्रम आयोजना गरेको जानकारी गराए । उक्त मिडियाले उत्पादन गर्ने
जनतासँग सांसद कार्यक्रम देशभरका ७७ एफएम रेडियोबाट शुक्रबार बिहान साढे ७ बजे
प्रसारण हुने जानकारी कार्यक्रम प्रस्तोता बोमलाल गिरीले बताए ।

Comments are closed.