एसीसी यु-१९ प्रिमियर लिग
पाेखरा १४ भदाै
मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगमा नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। सोमबार राजधानी क्वालालम्पुरको वायुमास ओभलमा नेपालले घरेलु टोलिले दिएको ७६ रनको लक्ष्य १४.४ ओभरमा पुरा गर्यो।
पहिले ब्याटीङ गरेको मलेसियाले ३८ ओभरमा ७५ रन बनाउँदा सबै विकेट गुमायो। मलेसियालाई सस्तैमा रोक्ने क्रममा आरिफ शेख एक्लैले ४ विकेट लिए। यस्तै दिपेश श्रेष्ठ र दिपेन्द्र सिहं ऐरीले २-२ र सुशील कँडेलले १ विकेट लिए।
७६ रनको लक्ष्य पछ्याएको नेपालका सुनिल धमला ३ रनमा एलबी डब्लु धरापमा परे पनि राजविर सिहंले ३३ र आशिष धामीले अविजित ३८ रन बनाउँदै नेपाललाई जित दिलाए। आरिफ शेख ० रनमा अविजित रहे। अर्को खेलमा अफगानिस्तानले युएइलाई १०विकेटले हरायो।
जारी प्रतियोगितामा अफगानिस्तान ३ खेलमा ३ जित सहित शिर्ष स्थानमा छ भने नेपाल ३ खेलमा २ जित हातपार्दै दोस्रो स्थानमा छ। अफगानीस्तानको ६ र नेपालको ४ अंक छ। नेपालले अब मंगलबार कुवेतसँग र बिहीबार साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ।
Comments are closed.