महानगरको कोषमा पोखरा बहुमुखी क्याम्पसको ९१ हजार

पोखरा, १४ बैशाख । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा पोखरा बहुमुखी क्याम्पसले ९१ हजार ३ सय ४९ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै नरेन्द्रमान लालचन र प्रविन्द्र लालचनले १० हजार रुपैयाँ विपद् कोषमा सहयोग गरेका छन् ।


उनीहरुले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरे । राहत कोषमा हिमाली साँस्कृतिक परिवार पोखराले १० हजार रुपैयाँ सहयोग गरेका छन् । हिमाली साँस्कृतिक परिवार पोखराका अध्यक्ष मिनकाजी गुरुङले महानगर प्रमुख जिसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

पोखरा महागनरका प्रमुख जिसीले महागनरले स्थापना गरेको कोषमा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन गदै सवैको साथ र सहयोगले कोरोना भाइरस विरुद्धको लडाई जितिने विश्वास गरे ।

कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चुल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण गदै आएको छ ।

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकाले सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गर्न महानगरले आग्रह गरेको छ भने आफूखुसी राहत वितरण नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

Comments are closed.