महानगरको राहत कोषमा रोयल सहकारीको सहयोग

पोखरा ९ जेठ । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरको राहत कोषमा सहयोग गरेको छ । सहकारीले कोषमा ३३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेको हो ।

सहकारीका कोषाध्यक्ष केशबप्रसाद ढकालले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई चेक हस्तान्तरण गरे । सहयोग ग्रहण गदै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोना भाइरस बिरुद्धको लडाईमा रोयल सहकारीले आफनो समााजिक उत्तरदायित्व बोध गरेको बताउदै धन्यबाद दिइन् ।

उनले नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएका कारण सवैको सहकार्य र एकता अपरिहार्य रहेको बताइन् । उनले महागनर एक्लैले केही गर्न नसक्ने भन्दै सबैले आआफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिइन् । मानबजातीको अस्तित्व संकटमा पार्ने गरि विश्वभर फैलिएको कोरोना भाइरससंग बच्न लकडाउनको पालना गदै आफ बचेर अरुलाई बचाउन आग्रह गरिन् ।

Comments are closed.