पोखरा, साउन २ गते । पोखरा महानगरपालिकाको विपद् ब्यवस्थापन कोषमा पाल यूवाम नामग्याल थुप्तेन दारगेलिङं (स्कुल) फाउण्डेसन पोखराले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, पाल यूवाम नामग्याल थुप्तेन विद्यालयका प्रिन्सिपल ग्याच्छो गुरुङ, शिक्षक छिमे गुरुङ र सोनाम लामा सतिको टोलीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
कोरोना भाइरसको कहरसंगै फेरी बाढि पहिराको विपद्को सामना गर्नुपरेको बताउदै सांसद इन्द्र धारा विष्टले संकटका बेला सबैले सहयोग गर्नुपर्नै बताए । उनले उक्त फाउण्डेसन महानगरमा रहेकाले दुःखमा साथी बन्नेको बताए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोनासंगै बाढि पहिरोले नागरिकले ज्यान गुमाएको बताउदै दुःखमा सबैले साथ दिनुपर्ने बताए ।
यस्तै फाउण्डेसनले पोखरा महानगरपालिकाभित्र ५ सय परिवारलाई राहत समेत वितरण गर्ने भएको छ । कोरोनाबाट चुल्हो बाल्न अप्ठयारो भएका र बाढि पहिरोबाट विस्थापित हुनुपरेका परिवारलाई राहत वितरण गर्ने बताइएको छ । महानगरसंगको समन्वयमा उक्त राहत वितरण गरिने छ ।
Comments are closed.