महानगरको शिक्षा शाखा र अनेरास्ववियु विच विधार्थीको हितको सहमति भएपछि खुल्यो ताला

पोखरा हटलाइन,

अनेरास्ववियु कास्की र पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबीच सहमति भएपछि अनेरास्ववियुले गरेको तालाबन्दी खुलेको छ । अनेरास्ववियुले यसअघि आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरपालिकालाई निष्पक्ष ढंगबाट विद्यार्थी छनोट गरी छात्रवृत्ति उपलब्ध गराउन र सो सम्बन्धमा हुने विकृति विसङ्गती अन्त्य गराउन ध्यानाकर्षण गराएको थियो ।अनेरास्ववियुले समयमै ध्यानाकर्षण गराउँदा गराउँदै पनि वेवास्ता गरि निजी विद्यालायलाई नै विद्यार्थी छनोट गर्ने जिम्मा महाशाखाले दिएकोमा संगठनको घोर आपत्ती रहेको जनाएको थियोध्यानाकर्षणबारे कुनै पहल नभएपछि अनेरास्ववियुले  तालाबन्दी गरेको थियो ।  ।यो व्यवस्थाले जेहेन्दार तथा गरिब विद्यार्थी छात्रवृत्तिबाट बञ्चित हुने अवस्था आएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।पौडेलका अनुसार २ वर्षदेखि कोरोना भन्दै महानगरले परीक्षा नलिई छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाइदिएको थियो । यस अघि कक्षा ११ र १२ मा दिँदै आएको छात्रवृत्ती महाशाखाको सिफारिसका आधारमा भएपनि यस पटक विद्यालयहरुलाई नै जिम्म लगाएर महाशाखा शैक्षिक व्यापारीको मतियार बन्न पुगेको उनीहरुको आरोप थियो । तालाबन्दी पछि भएको वार्तामा महानगरले कक्षा ८ र १० को ग्रेडशिटका आधारमा छात्रवृत्ति प्रदान गर्न सहमति जनाएपछि ताला खोलिएको अनेरास्ववियु कास्कीका संयोजक विजय पौडेलले बताए ।

Comments are closed.