नेपाल सरकारले शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले असार १ गते बाट शैक्षिक संस्था खोल्ने निर्देशन यो महामारिमा आत्मघाती भएकोभन्दै नेपाली काङ्ग्रेसको भात्री विधार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ ।
नेविसंघ कास्कीका प्रभावशाली नेता प्रताप बानियाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदम विश्व स्वास्थ्य संगठनलेकोरोना भाइरस सम्बन्धि निर्धारण गरेको मापदण्ड विपरित मात्र होइन ज्यानको जोखिम मोल्नु आम बिद्यार्थीको मौलिक अधिकारविपरीत हुने भन्दै ध्यानाकर्षण गराएको छ।
‘ हाम्रो वास्तविकता क्वारेन्टाइन भित्रनै ज्यान गुमाउन पर्न दयानिय अवस्था छ। कुल जनसंख्याको २५ प्रतिशतभन्दा बढी विद्यार्थी रहेकोअवस्थामा विद्यालय प्राङ्गण आफैँमा भीडभाड हुने स्थान भएकाले र विद्यालयहरूमा स्थान अभावका कारण हिँड्दा पनि आपसमा कुमठोक्किने अवस्था छ त्यस्तो ठाउँमा सामाजिक दुरि कायम गर्न असम्भव छ जुन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धिनिर्धारण गरेको मापदण्ड विपरित मात्र होइन ज्यानको जोखिम मोल्नु आम बिद्यार्थीको मौलिक अधिकार विपरित पनि छ।’, नेविसंघकास्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वनै पुजिपतिहरुको अधिनायकवादी निगरानिमा बन्धन बन्दै गएको अवस्थामा सरकारले सार्वजनिक विधालय क्वारेन्टाइन बनाएर“निजि बिधालय पोस्ने र सार्वजनिक शोस्ने” मानसिकताले त गुज्रीएको छैन ? प्रश्न गर्दै ’, विज्ञप्तिमा भनिएको छ ।
यो विषम घडिमा दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको घटना पनि एउटा पाठभएको भन्दै आम विधार्थी बिचको विभेदकारी खाडल सृजना गर्न , ससंकित र परिस्थिति थप जटिल बनाउने उक्त निर्णय तत्काल खारेजगरि भयवह परिस्थितिलाई न्यूनीकरण गर्न कसरी जोगिने र जोगाउने सुरक्षित रहने तर्फ ध्यान दिई विज्ञानप्रविधि, सार्वजनिक संस्थान रआमसञ्चार प्रति विश्वास जगाई आम विधार्थी प्रती सचेत र सजग बनाउन अन्योल हटाउन नेविसंघ कास्किले गरेको छ।
(पढ्नुहोस बिज्ञप्ती माथी।)
Comments are closed.