महाभूकम्पले लियो करिब साढे सात हजारको ज्यान

काठमाडौं, २२ बैशाख/ गत बैशाख १२ गते गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ८४ पुगेको छ । नेपाल प्रहरीले  दिएको जानकारी अनुसार १४ हजार ३ सय ७१ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार सबैभन्दा बढी मानविय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ भने त्यसपछि काठमाडौं उपत्यकामा धेरैको शव भेटिएको छ ।homeless-pepople-624x374
पछिल्लो समय सबैजसो ठाउँमा उद्धार कार्य करिब सकिएकाले राहत संकलन र वितरण कार्यलाई तिव्र पारिएको छ ।
यसैबीच, गत साता गएको विनाशकारी भूकम्पका कारण रु. ४९ करोड बराबरको पशुधन र रु. दुई अर्ब बराबरको खाद्यबाली क्षति भएको छ ।
कृषि विकास मन्त्रालयले हालसम्म भएको पशुपक्षी तथा बाली नालीको क्षतिको विवरण सङ्कलन गरी क्षतिको प्रारम्भिक अनुमान गरेको हो ।
मन्त्रालयअन्तर्गत सङ्कलित भौतिक क्षतिको विवरणअनुसार अहिलेसम्म १ सय १४ भवन पूर्णरुपमा क्षति भएका छन् भने १४९ भवन आंशिकरुपमा क्षति भएका छन् । यो क्षति कुल अनुमानित रु ८९ करोड बराबरको रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव श्रीराम घिमिरेका अनुसार मन्त्रालयअन्तर्गतका निकायमा भएको क्षतिबाट कार्यालय सञ्चालनमा बाधा अड्चन पुगेका कारण जनताले पाउने प्रत्यक्ष सेवा उपलब्ध गराउन भोलिदेखि नै आवश्यक व्यवस्था मिलाएको छ ।

Comments are closed.