महायज्ञको आठौं दिन सम्म २ करोड १४ लाख रुपैया संकलन

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान

पोखरा ११, वैशाख

पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तर्गत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।महायज्ञको आठौं दिन (आइतबार) मात्र करिब ५२ लाख ६२ हजार संकलन भएको बरालले बताए । मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए । त्यसै गरी महायज्ञमा पोखरा २२ ठुलीबिडी निवासी भोलानाथ बरालबाट २ लाख २५ हजार, हाल अमेरीका बस्दै आएका अरुण धिताल र प्रतिमा धितालबाट २ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी लक्ष्मीदेवि आचार्यबाट २ लाख २५ हजार रुपैया संकलन भएको समितिले जनाएको छ ।

त्यसै गरी होटल पुम्दीकोट भ्युबाट २ लाख, स्थानिय श्रीकृष्ण भजन मण्डली ढलेपिपल लप्सिवोट आमा समुहबाट १ लाख ३२ हजार ५ सय ५, हाल अमेरीका निवासी कमल बराल, सुस्मिता सापकोटाबाट १ लाख १ हजार १ सय ८, पोखरा ५ पस्र्याङका डा. झलक कार्की र लक्ष्मीदेवि कार्कीबाट १ लाख ५ हजार ५ सय ५५, पोखरा २१ दोेपरेका सावित्री सुवेदीबाट १ लाख १ हजार १ सय ११ रुपैया महायज्ञमा प्राप्त भएको छ ।
त्यस्तै पोखरा २२ डाँडाथोक निवासी राजेन्द्र प्रसाद क्षेत्रीबाट १ लाख १ सय, पोखरा १७ विरौटाको बालोदय मार्ग टोल विकास संस्थाबाट ५९ हजार ४ सय ५, पोखरा ६ बैदाम नन्दकिशोर पहारीबाट ५५ हजार ५ सय ५५, पोखरा २२ अर्चलवोट निवासी पोष्टराज बाँस्तोलाबाट ५५ हजार ५ सय ५५, बालोदय मार्ग पोखरा १७ का रुद्रबहादुर थापा बाट ५१ हजार १ सय ११ रुपैया, पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल र लिलादेवि बरालबाट ३० हजार रुपैया महायज्ञमा सहयोग प्राप्त भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। महायज्ञको औपचारिक रुपमा समापन मंगलबार हुने तयारी गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

साभार : atozpatrika.com

Comments are closed.