महासंघको केन्दीय सदस्यमा गण्डकीबाट त्रिभुवन पौडेल र प्रदीप काफ्ले विजयी

पोखरा २६ चैत्र ःपत्रकार महासंघकोको केन्दीय सदस्यमा गण्डकी प्रदेशबाट लोकतान्त्रिक समुहका त्रिभुवन पौडेल र प्रदिप काफ्ले निर्वाचित भएका छन् । निर्वाचन समितिले आधिकारिक घोषणा नगरेपनि गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट आएको प्राप्त नतिजा अनुसार पौडेल र काफ्ले विजयी भएका हुन् ।मतपरिणाम अनुसार त्रिभुवन पौडेलले ६३९ मत ल्याई भारि मतका साथ विजयी भएका छन् भने सोही प्यानलका प्रदिप काफ्लेले ५५३ मत ल्याई विजयी भएका हुन । पौडेलले कास्किबाट २२४ मत ल्याई सबैभन्दा बढी मत ल्याउन सफल भएका छन् भने अर्का विजयी सोही प्यानलका प्रदिप काफ्लेले १३४ मत ल्याउन सफल भएका छन ।
त्यसै गरि अर्को प्यानलको तर्फ देखी रामजी प्रसाद लम्सालले १३६ र भीमलाल श्रेष्ठले ६६ मत ल्याएका छन। सबै जिल्लाबाट मत परिणाम आएपछि आधिकारिक रुपमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको वुझिएको छ ।

 

Comments are closed.