महा नायक राजेश हमालले होटेल माउन्टेन टपको उदघाटन।

 

 

पोखरा,कार्तिक 7

 

📝अजित तिमिल्सिना

पोखरा स्थित लेकसाइड सेन्टर पोईन्टमा आशिक गुरुङ द्वारा सन्चालनमा आएको होटल माउन्टेन टप (अल्टिटिउड) को एक समारोहका बीच आधिकारिक उदघाटन भएको छ। समारोहमा महानायक राजेश हमालले रिबन काटेर उदघाटन गरेका थिए।

उदघाटन समारोहमा बोल्दै महानायक हमालले पोखराको मुटु फेवातालको सुन्दरता हेर्दै अन्नपूर्णको चिसो हावाको स्पर्श सँगै खानाको स्वादमा रमाउकनका लागि होटल माउन्टेन टप उत्कृष्ट स्थान रहेको जानकारी दिए। त्यस्तै महानायकले साँझको बेला फेवाताल सँगै लेकसाइडको झिलिमिलीमा रमाउन सकिने कुराको जानकारी दिए र संचालक आशिक गुरुङलाई बधाई तथा शुभकामना व्यक्त गरे।

संचालक आशिक गुरुङले होटल माउन्टेन टप पोखराको पुरानो होटल रहेको र आफुले त्यसलाई नयाँ रुप दिएर चलाउन लागेको बताए। होटलमा रेष्टुरेण्ट बार लाईभ म्युजिक सुविधा सम्पन्न रुमहरुको व्यवस्था रहेको बताए। नेपाली पर्यटक सँगै विदेशी पर्यटकका लागि एक उचित स्थान रहेको र सबैलाई स्वागत गरे ।

कार्यक्रममा उपस्थित भएका सम्पूर्णले नेपालमा केही गर्न नसकेको भन्दै आलोचना गर्ने युवाहरूका लागि संचालक युवा आशिक गुरुङ एक उदाहरण रहेको र स्वदेशमा प्रतक्ष रुपमा रोजगार सृजना गरिदिएकोमा धन्यबाद दिए र सफलताका लागि शुभकामना व्यक्त गरे। उपस्थित सम्पूर्णले होटल माउन्टेन टपबाट देखिने दृश्य एकदमै लोभ लाग्दो रहेको र जो कोही पनि यहाँ रमाउन सकिने बताए।

 

 

Comments are closed.