महिलालाई परनिर्भरताबाट अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्छ ः विद्या भट्टराई

 

पोखरा, २६ असोज

नेकपाले पोखरा ११ मा पनि निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । नेकपाले मंगलबार पोखरा ११ फूलबारीमा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । कार्यालयको कास्की २ की नेकपाकी उम्मेद्वार विद्या ले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार भट्टराईले महिलालाई परनिर्भरताबाट अन्त्य गर्नुपर्ने बताइन् । महिलालाई शिक्षा र आर्थिक सशक्तिकरणको माध्यमबाट परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्ने बताइन् ।

उम्मेद्वार भट्टराईले महिलालाई उद्यमशील बनाउन सके त्यसले समृद्धीमा सघाउनेपनि बताइन् । उनले स्वर्गिय रबिन्द्रका अधुरा सपना र योजना पूरा गर्नका लागि आफू उम्मेद्वार बनेको भन्दै आफूलाई बिजयी गराएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउने अभियानमा ईट्टा थप्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल बनाउनका लागि नेकपाको उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा नेकपा वडा सचिव कुमार क्ष्ँेत्री र देबेन्द्र बास्तोलालगायतलेपनि विद्यालाई जिताएर रबिन्द्रका अधुरा सपना र योजना सफल बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उम्मेद्वार विद्याले ९७ वर्षिया आमा जानुका खत्रीसँग आशिर्वाद लिएकी थिइन् ।

आजै पोखरा वडा नम्बर ३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले समृद्धीका लागि सक्षम नेतृत्व आवश्यक रहेको र नेकपाकी उम्मेद्वार विद्या सबै हिसाबले उपयुक्त पात्र भएकाले सूर्य चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गरे ।

Comments are closed.