महिला रक्षक सञ्जालद्धारा क्वारेन्टिनमा महिला बलात्कार घटनाा प्रति आपत्ति

पोखरा ३ असार । कैलालिको क्वारेन्टिनमा भएको बलात्कारको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले आपत्ति जनाएको छ ।

सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगरले बुधबार एक विज्ञप्ति जारी गदै २०७७ साल जेठ ३१ गते राती कैलालि जिल्लाको लम्किुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृति मा.वि पुर्वलम्किमा रहेको क्वारेन्टीनमा बस्ने एक महिलालाई जबरजस्ती यौन र्दुव्यबहार गरेको घटनाप्रति घोर आपत्ति प्रकट गरेकी छन् ।

विज्ञप्तिमा घटनाको स्वतन्त्र छानविन गरी सत्य, तथ्य पत्ता लगाई दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । सञ्जालले लकडाउनको अवधिमा देशका विभिन्न भागमा भएका महिला हिंसा, हत्या, बलात्कार जस्ता घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको गम्भिर ध्यानकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा महिला हिंसाका घटना आगामी दिनमा हुन नदिन सम्वन्धित निकायसंग जोडदार माग गरिएको छ ।

Comments are closed.