२१ असार, काठमाडौं । लोयर्डको कीर्तिमानी ह्याट्रिकको मदतमा अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा जापानलाई ५–२ ले पराजित गर्दै तीन पटक उपाधि जित्ने पहिलो देश बनेको छ ।
अमेरिकालाई उपाधि जिलाउने क्रममा कप्तान लोयर्डले महिला विश्वकप फुटबलकै इतिहासमा छिटो ह्याट्रिकको कीर्तिमान समेत बनाएकी छिन् । उनले सुरुवाति १६ मिनेटमा तीन गोल गरेकी हुन् । उनले तेस्रो मिनेटमा गोल गर्दै अमेरिकाको खाता खोलिन् । दुई मिनेटपछि नै दोस्रो गोल गरिन् । खेलको १४ औं मिनेटमा होलिडेले गोल गर्दै अमेरिकाको अग्रता ३–० मा पु¥याइन् भने १६ औं मिनेटमा लोयर्डले गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।
खेलको २७ औं मिनेटमा जापानकी ओगिमीले गोल गरिन र पहिलो हाफमा अमेरिका ४–१ ले अगाडि रह्यो । दोस्रो हाफको ५२ औं मिनेटमा अमेरिकाकी जोन्सटनले आत्मघाती गोल गरिन् । तर, दुई मिनेटपछि नै हर्टले गोल गर्दै अमेरिकालाई ५–२ को अग्रता दिलाइन् । खेलमा थप गोल हुन सकेन र अकेरिका ५–२ गोलको जितका साथ विश्व च्याम्पियन बनेको छ ।
Comments are closed.