पाेखरा २६ फागुन । प्रहरी माथि कुटपिट गरेको अभियोगमा ओजन कम्लेक्स एण्ड डान्स वारका संचालक महेन्द्र भोटे उर्फ शिव गुरुङ लगायत १७ जनालाई ज्यान मार्ने उद्योग तथा सार्वजनिक अपराधमा मुद्धा थप गरी कारवाही बढाइएको छ । डान्स वारमा झै झगडा र कुटपिट भएको खवर पाए लगत्तै वडा प्रहरी कार्यालय वैदाममा खटिएका प्रहरी जवान भिम बहादुर रानालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा मुद्धा थप गरी कारवाही बढाइएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।
वारमा वाउन्सरको काम गर्ने पोखरा १५ का किरण गुरुङलाई ज्यान मार्ने उद्योग मुद्धा चलाएको छ भने सोही मुद्धा चलाइका पोखरा १७ प्रशान्त गुरुङ र ठेगाना नखुलेका अनिल गुरुङ हाल फरार छन् । यसैगरी संचालक भोटेसहित, वार म्यानेजर लेखनाथका हरी अधिकारी, पोखरा १५ का वाउन्सर शिसिर भुजेल, वालकृष्ण राना, गोपि गुरुङ, सोम गुरुङ, स्याङ्जा चापाकोटमा रोशन भन्ने तुल बहादुर गुरुङ, सुर्खेत घर भई नयाँ बजार बस्ने जीवन वली, पोखरा ७ रत्नचोक बस्ने रविन गुरुङ, पोखरा ६ गौरीघाटका सुसिल गुरुङ र लेकसाइडका अर्जुन गुरुङसहितलाई सार्वजनिक अपराधको मुद्धा थप गरी थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
Comments are closed.