‘माइला कान्छा अभियान‘बाट तीन सय ५० लाई राहत


पोखरा ,

बन्दाबन्दीले समस्यामा परेका
पोखरा महानगरका करिब १० वडाका तीन सय ५० विपन्न परिवारलाई
‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।
पोखरा –९ स्थित प्रदर्शनी केन्द्रबाट अभियानकर्मी माया गुरुङ र
पार्वती गुरुङले एक बोरा चामल, तेल, नुन र सोयाविन गरेर तीन सय ५०
परिवारलाई राहत वितरण गर्नुभएको हो ।
युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा
परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत
सङ्कलन गरेर वितरण गर्दै आउनुभएको छ ।
“बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाइरहेका छन्, काम
गरेर खाने वातावरण बन्न सकेको छैन, असहज परिस्थितिमा सेवा नै धर्म
हो भनेर राहत वितरणमा जुटेका हौँ ।” अभियानकर्मी माया गुरुङ (
कान्छा) भन्नुभयो । उहाँले राहतमा एक बोरा चामल नुन, तेल,
सोयावीन लगायतका सामग्री वितरण गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो अभियानको राहत वितरणको अन्तिम कार्यक्रम हो

अभियानका अर्का सदस्य पार्वती गुरुङ (माहिला)ले रोगले भन्दा पनि
भोकले मरिने समस्या देखिन थालेपछि अभियान मार्फत सहयोगमा
जुटेको बताउनुभयो । “अभियानलाई युके निवासी नेपाली
दाजुभाई दिदीबहिनीबाट निरन्तर सहयोग भयो र लक्षित वर्गसम्म

सहयोग पु¥याउन सफल भयौँ” उहाँले हालसम्म माइला
कान्छा अभियानबाट करिब रू १८ लाख संकलित भएको र सो रकमबाट
एक हजार बढी परिवारलाई राहत सामग्री कतिपय अवस्थामा नगद रकम
समेत वितरण गरेको जानकारी जानकारी दिनुभयो ।
शुक्रबारनै सोही स्थानबाट तमु प्ये ल्हु संघ युके आमा समुहका
अध्यक्ष विष्णु गुरुङ संयोजकत्वमा संकलित एक लाख ४० हजार रकमबाट
७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत लिन आउन
सक्नेलाई सोही स्थानबाट र लिन आउन नसक्नेलाई घर घर मै राहत
पु¥याएको राहत वितरण कार्यक्रममा समन्वय गरिरहनु भएका काँग्रेस
नेतृ सरस्वती गुरुङले जानकारी दिनुभयो ।
तस्बिर उपलब्ध छ ।

Comments are closed.