माउण्ट अन्नपूर्णमा कारुणिक अभिभावकत्व प्रशिक्षण कार्यक्रम सम्पन्न

 

पोखरा,२० जेठ  ।

माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरमा कक्षा एक र दुईमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि दुई दिने कारुणिक अभिभावकत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षक श्रीराम तिमिल्सिनाले सहभागी अभिभावकहरुलाई प्रशिक्षण गराएका थिए भने विद्यालय व्यवस्थापनका तर्फबाट तेज गुरुङ्गले सहजीकरण गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, निर्देशक अशोक शाही साथै विद्यालय व्यवस्थापनबाट चित्र गुरुङ्गले प्रशिक्षण कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु  भएको थियो । कार्यक्रमको संयोजन झम गुरुङ्गले गरेका थिए ।

बालबालिकालाई भय,त्रास र हिंसाबाट मुक्त गराई सहभागीतात्मक र बालमैत्री वातारणमा उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि अभिभावकले खेल्नुपर्ने भूमिकाका बारे उक्त प्रशिक्षण फलदायी रहने विद्यालयको विश्वास रहेको छ ।

अभिभावक बाहेक शिक्षकहरुका लागि शिक्षण सिकाई क्रियाकलाप तथा व्यावसायिक क्षमता अभिवद्धि र  विद्यार्थीहरुका लागि विभिन्न अभिमुखकिरण तालिमहरुको आयोजना विद्यालयले गर्दै आएको कुरा प्राचार्य श्रेष्ठले बताउनु भयो ।

Comments are closed.