पोखरा,
पोखराको भि सी मार्ग नदीपुरमा अवस्थित माउण्ट अन्नपूर्ण माध्यमीक विद्यालयले यही फागुन २३ गते शैक्षिक तथा अतिरिक्त कृयाकलापका विविध विधामा उत्कृष्ट नतिजा हाँसिल गर्न सफल कक्षा नर्सरी देखि दशसम्मका विद्यार्थीहरुको लागि विद्यालय प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरी वार्षिक पुरस्कर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षामा प्रथम, द्वितिय र तृतिय भएका, उत्कृष्ट अंग्रेजी तथा नेपाली निवन्ध तथा कविता लेखन, उत्कृष्ट हस्तलेखन, उत्कृष्ट वक्तृत्वकला, उत्कृष्ट हाउस, उत्कृष्ट अनुशासन, चित्रकलामा प्रथम, द्वितिय र तृतिय भएका, प्रिफेक्ट तथा क्याप्टेनहरु लगायत विभिन्न खेलमा प्रथम द्वितिय तथा तृतिय हुन सफल विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा साना देखि कक्षा दशसम्मका विद्यार्थहरुले नृत्य, गायन, एकांकी नाटक तथा अन्य विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा विद्यालयका संस्थापक तेज बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन सिमतिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले स्वगत मन्तब्य र शिक्षक द्वय महादेव भट्टराई तथा लिली अधिकारी र विद्यार्थीहरु अर्पण पोख्रेल तथा एलिना घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।
यस विद्यालयले विगत चार दशक देखि गुणस्तरीय शिक्षाका साथै अतिरिक्त कृयाकलापमा समेत विद्यार्थीलाई समान रुपमा अवसर प्रदान गराइ उनिहरुको चौतर्फी विकासमा विषेश ध्यान दिदै आएको पाइन्छ ।
Comments are closed.