भारतको छत्तीसगढ राज्यमा माओवादीहरूले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाउँदा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार उक्त घटना भएको बताइएको छ।
छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाले उक्त हमलापश्चात् एकजना जवान अझै हराइरहेको बताएका छन्।
घातक हमला पछिल्ला वर्षहरूको एक सबभन्दा घातक हमलामा परेपछि केही सुरक्षाकर्मी सँगको सम्पर्क टुटेको थियो।लगत्तै परिचालित खोज टोलीले उनीहरूको शव फेला पारेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनापछि ट्वीट गर्दै मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्।“छत्तीसगढमा माओवादीसँग लड्दा लड्दै शहिद भएकाहरूको परिवारप्रति मेरो संवेदना छ। वीर शहिदहरूको बलिदान कहिले पनि बिर्सिने छैन। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु,“ उनले लेखेका छन्।बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार हमलाको खबर पाएपछि हाल आसाममा रहेका गृहमन्त्री अमित शाह आइतवार साँझ दिल्ली फर्कँदैछन्।
आइतवार प्रेससँग बोल्दै अधिकारीहरूले दिएको जानकारी अनुसार माओवादी तथा सुरक्षाकर्मीबीच करिब चार घण्टा गोली हानाहान भएको थियो। माओवादीतर्फ पनि निकै क्षति भएको बताइएको थियो।
घाइते जवानहरूलाई बीजापुर तथा रायपुरका अस्पताल लगिएको बताइएको छ। बीबीसी बाट साभार
Comments are closed.