माओवादी अध्यक्ष वैद्यलाई मोर्चांले हटायो

13913काठमाडौँ, ३२ जेठ । तेत्तीस दलीय राष्ट्रिय मोर्चा नेपालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई मोर्चाको नेतृत्वबाट हटाएको छ ।
अध्यक्ष वैद्य मोर्चाको बैठकमा लामो समयदेखि अनुपस्थित भइ त्यसका गतिविधिमा निस्क्रिय रहेकाले आजैदेखि उनलाई मोर्चा नेतृत्वबाट अलग गरिएको हो ।
मोर्चाले आज एक विज्ञप्ति जारी गरी मोर्चाका वरिष्ठ सदस्य शोभाराम थापाको संयोजकत्वमा आफ्ना भावी गतिविधि सञ्चालन गर्ने जनाएको छ ।

Comments are closed.