२७ फागुन, काठमाडौं । आफ्ना माग पुरा नभए फेरी अनसन बस्ने डा गोविन्द केसी ले चेतावनी दिएका छन् ।चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने उनले चेतावनी दिएका हुन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले प्रधानमन्त्री र शिक्षामन्त्रीले पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन दिन खोजेको भन्दै उनले पुनः अनशन बस्ने चेतावनी दिएका हुन् ।डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’ पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको विज्ञप्तिमा उल्लेख छ ।अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनु पर्ने, विश्वविद्यालयको उपकुलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग उनले राखेका छन् ।
आफूले राखेको माग पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन् ।
Comments are closed.