मादी ३ मा अटेरी उम्मेद्वारी घोषणा

पोखरा ,
                                                कास्किको मादी गाउंपालिका ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेद्वारी घोषणा भएको छ । मादी ३ को वडाध्यक्ष पदका लागि बुद्धिप्रसाद लामिछानेले स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका हुन् ।
स्थानीय तहलाई दलरहित बनाउने उद्देश्यसहित सुरु भएको यो अभियानमा अहिले देशैभरका स्थानीय तह वडा, पालिका र नगर प्रमुख पदमा उम्मेद्वारी घोषणा भई रहेको छ । पोखराका गनेस पौडेलले नगर प्रमुख पदमा उम्मेद्वारी घोषणा गरेर सुरुआत गरेको यो अभियान अहिले देशव्यापी बनेको छ ।
अटेरी अभियानले पोखरा लक्ष कार्ययोजना (घोषणापत्र) २०७९ सार्वजनिक गरि सकेको छ । पोखरा ३ का वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका महेश उदासले पनि कार्ययोजना सार्वजनिक गरि सकेका छन् । सोमबार पोखरा २६ का वडाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नविन ढंगानाले पनि वडा कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Comments are closed.