वरिष्ठ लाेक गायिका हरिदेवीलाई माधव वियाेगी सम्मान

पाेखरा,५ वैशाख,
                                           हरेक वर्ष छन्ददिवसमा प्रदान गरिने `माधव वियाेगी सम्मान´ २०७९ का लागि वरिष्ठ लाेक गायिका  एवम् साहित्यकार प्राज्ञ हरिदेवी काेइरालालाई प्रदान गरिने भएकाे छ ।
माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालकाे शनिबार बसेकाे बैठकले साे निर्णय गरेकाे हाे । विगत लामाे समयदेखि  लाेकगीतकाे गायन र सङ्कलन तथा सिर्जनात्मक कार्यमा विशेष याेगदान पुर्याई पाेखराकाे गाैरव बढाएकाेमा साे सत्कार्यकाे कदर गर्दै उनलाई सम्मानअर्पण गर्न लागिएकाे जानकारी प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले दिए ।
यही वैशाख ८ गते  गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सहकार्य र माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालकाे आयोजनामा हुने छन्दबारे चर्चा र विशेष कविगाेष्ठी समाराेहका बीच काेइरालालाई उक्त सम्मान प्रदान गरिनेछ । साे सम्मान यस अघि कविवर तेजनाथ घिमिरे, महाकाव्यकार जनार्दनशरण त्रिपाठी रआख्यानकार सरुविन्दले प्राप्त गरेका छन् ।

Comments are closed.