भानिन्छ रक्तदान जिवन दान हो , रगत किन्न र बेच्न सकिने व्यापारिक बस्तुु होइन तर एउटा अस्पतालमा रगतको अभावले छट्पटाउने बिरामीको पिडा कसले बुुझ्दछ । यस्तो मानविय दयाँ, भाव एक पटक अभाव भोगेकोले मात्र बुुझेको हुन्छ । केहि व्यक्तिगत, सरकारी, गैर सरकारी, सामाजिक संस्थाले नेपाल रेडक्रस संगको समन्वयमा हुने रक्तदान नै प्रमुख आपूूर्तिको स्रोत हो ।
यसरी नै नेपाल मानव धर्म सेवा समितिले “रक्तदान जिवन दान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान” भन्ने मुल नारा सहित हरेक बर्ष वृहत रक्तदान अभियान चलाएर हजारौ पाउन्ड रगत रक्तदान गरि जम्मा गर्दै आएको छ । नेपाल मानव धर्मका प्रेणता सद्गुुरुदेव श्री सतपाल जी महाराजको पावन जन्मोत्सम पारेर हरेक बर्ष गरिने देशव्यापी बृहत रक्तदान अभियान हरेक बर्ष झनै शशक्त पार्दै गएको छ ।
बुधवार पूूर्व सेनापती रुक्माङ्कद कटवालले उद्घाटन गरेको समारोहको अवसरमा सतितिले गरेको देशभरिको रक्तदानको तथ्याङक सार्वजनिक गरेको छ । समितिले बुधबार देशभर वृहत रक्तदान कार्यक्रम संचालन गरेको छ । देशका ६७ आश्रमका मुख्य ११ अञ्चल स्तरिय आश्रममा भव्य रुपमा सम्पन्न भएको छ । अञ्चल स्तरिय आश्रममा गरिएको कार्यक्रममा जम्मा ९२८ जनाले रक्तदान गरेका छन ।
रेडक्रस नेपालको तथ्याङकमा नेपालमै बढि महिला रक्तदान गर्ने रक्तदातामा लगातार दुुई बर्ष २०७१ र २०७२ मा सम्मानित समेत भइसकेको छ । यो अभियान हरेक बर्ष झै यस बर्षको जन्मोत्सव कार्यक्रममा पनि भएको र गरिरहने कुरा संस्थाले निर्णय गरेको कुरा केन्द्रिय कार्यकर्ता सागर कटवालले बताए
Comments are closed.